नेपाल बैंकले ल्याउने भयो मोबाइल बैंकिङ सेवा, सेवाग्राही लाई हुने भयो राहात

नेपाल बैंकले ल्याउने भयो मोबाइल बैंकिङ सेवा, सेवाग्राही लाई हुने भयो राहात

काठमाडौँ । नेपाल बैंकले आफ्ना सेवाग्रहीलाई मध्यनजर गदै मोबाइल बैंकिङ सेवा सञ्चालन गर्ने भएको छ । उसले मोवाइल बैंकिङ सेवा दिनका लागि नेपाल बैंक र एफवान सफ्ट इन्टरनेसनलवीच सम्झौता गरेको छ । सम्झैतापत्रमा नेपाल बैंकका तर्फवाट बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र एफवान सफ्टका मार्केटिङ् डाइरेक्टर बिपुल ढकालले हस्ताक्षर गरेका छन् । मोबाइल बैंकिङ सेवा सञ्चालन भए सेवाग्रहीले व्यालेन्स इन्क्वाइरी, कारोवार भएको जानकारी, फण्ड ट्रान्सफर भएको जानकारी पाउनेछन् । त्यस्तै ग्राहकले रिचार्जकार्ड किनेर नेपाल टेलिकम, एनसेल, ब्रोडलिङ्क, डिसहोमको पैसासमेत तिर्न सक्नेछन्। साथै नेपाल बैंकका ग्राहकले इसेवा फोनपे नेटवर्कको सदस्य भएका ४० वटा बैंकसंग अन्तरबैंकिङ कारोवार गर्न सकिने र आफ्नो इसेवाको खातामा समेत पैसा जम्मा गर्न सकिने जनाइएको छ । देशभरीमा नेपाल बैंकका १२६ वटा शाखा रहेका छन् ।