युरोकप फुटबलः रोनाल्डो र बेल एक अर्काविरुद्ध आजभिड्दै

युरोकप फुटबलः रोनाल्डो र बेल एक अर्काविरुद्ध आजभिड्दै

एजेन्सी । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा बुधबार राति पौने एक बजे पोर्चुगल र वेल्सबिच प्रतिस्पर्धा हुने छ । क्वाटरफाइनलमा पोल्याण्डलाई हराएर पोर्चुगल अन्तिम चारमा आएको हो भने वेल्स बेल्जियमलाई हराएर पहिलो सहभागितामै सेमिफाइनलमा स्थान बनाएको हो । यस अघि यि दुई टोली तीन पटक आमनेसामने भएका छन् । जसमा पोर्चुगलले २ खेल जितेको छ भने एक खेल वेल्सले जितेको छ ।

पहिलो सेमिफाइनलमा दुई टोलीबीचको भिडन्तलाई रियल मड्रिडका दुई स्टार क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलबिचको भिडन्तका रुपमा हेरिएको छ । किनकि वेल्स र पोर्चुगल टिममा बेल र रोनाल्डोबाहेक अन्य स्टार खेलाडी छैन । र, बेल र रोनाल्डो रियल मड्रिडमा टिममेट हुन् । दुबैले आफ्नो टोलीलाई सेमिफाइनल तय गराउन निकै महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसैले वेल्स र पोर्चुगलबिचको भिडन्तलाई बेल र रोनाल्डोसँग जोडिएको छ ।