राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टन आरोप मुक्त

राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टन आरोप मुक्त

एजेन्सी । अमेरिकाको राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टन आरोप मुक्त हनुभएको छ । अमेरिकाको संघीय जाँच आयोग एफबिआईले राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टन विरुद्ध कुनै आपराधिक आरोप दर्ता नर्गने घोषणा गरेको छ । एफबिआईले डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार क्लिन्टनसँग उहाँ विदेश मन्त्री रहँदाको बेलाका इमेलका बारेमा अनुसन्धान गरेको थियो । तर अनुसन्धनबाट क्लिन्टन विरुद्ध कुनै आपराधिक आरोप दर्ता गर्नु पर्ने नदेखिएको एफबिआईले जनाएको छ । क्लिन्टनलाई सरकारी प्रयोजनका आधिकारिक इमेल व्यक्तिगत इमेलमार्तफ पठाउने गरेको आरोप लागेको थियो ।