प्रवासको वर्ग विश्लेषण पुगेनः विष्णु शर्मा

प्रवासको वर्ग विश्लेषण पुगेनः विष्णु शर्मा

प्रवास आफैमा नेपाली समाजको परिवर्तन र अग्रगमनका लागि उर्वर थलो हो । इतिहास र वर्तमानले त्यो साबित गरेको छ । प्रवास नेपालमा भएको पछिल्ला राजनीतिक परिर्वनका लागि निकै महत्वपूर्ण छ । नेपाली कांग्रेसले पनि प्रवासी नेपालीहरुको माझमा आफ्ना विचार, नीति तथा कार्यक्रमको प्रयोग र विकास गरेको हो ।
एमाले पनि यो बिरासतबाट मुक्त छैन । बरु यसैभूमिमा हुर्किएको हो । माओवादीको पनि यो भन्दा भिन्न इतिहास छैन प्रवासमा ।

    एमाले, माओवादी लगायतका दलहरुको निर्माण, यसका नेताहरुको बसाइ, नेपालका शासकहरुविरुद्ध गरिने सङ्घर्षको नीति तथा योजना निर्माण सबै भारतीय भूमिबाट हुने गरेको इतिहास हाम्रासामु छ । कहिले कडा रबैया त कहिले नरम नीति अपनाउने भारतीय शासकले प्रवासी नेपालीमाथि निरन्तर निगरानी र नियन्त्रण राख्दै आएको छ । तथापि नेपालीहरु भने निरन्तर संगठित र एकताबद्ध हुँदै आएका छन् ।

हालको बदलिएको परिस्थितिमा प्रवासी नेपालीहरुको माझमा गरिएको वर्ग विश्लेषणले काम गर्दैन । यसमा समयसापेक्ष परिमार्जन तथा थप विकास गर्नु आवश्यक छ । अहिले प्रवासमा केही तात्विक र मात्रात्मक परिवर्तनरु आएका छन् । नेपाली समाज पहिलेको अवस्थामा छैन । भारत पनि पहिलेको अवस्थामा छैन । भारतीय समाज पनि बदलिएको छ । भारतीयहरुले रोगारी दिने र हामी नेपालीले पाउने हो । समाजमा आएको यस परिवर्तनले हामी नेपालीको पहिलेदेखि रहंदै आएको परम्परागत सोच र व्यवहारमा प।िवर्तन ल्याउन बाधय बनाएको छ । त्यहाँ रहेका ‘नेपालीबीचमा पनि वर्ग विश्लेषण’ जरुरी छ । होइन भने आफ्नै भित्रबाट फरक वर्ग जन्मेर त्यसलाई खाइदिन सक्छ । वस्तुवादी विश्लेषणसहित पार्टी अघि बढोस् ।