एजेन्सी । टर्कीका प्रधानमन्त्री बिनाली यिलदरिमले सत्ता हत्याउने प्रयास असफल बनाएको बताउँदै यसको लागि जिम्मेवार जनताको साथ यसका हकदार रहेको बताएका छन् ।
शुक्रबारको रातको केही घन्टा सम्म सयौं सैनिकहरुले राजधानी अंकारा र इस्तानबुलका महत्वपूर्ण क्षेत्र कब्जामा लिएर राखे ।
घन्टौसम्म राष्ट्रपति रिसेप एर्दोगान तैयप कहाँ छन् भन्ने पुष्टि थिएन र उनी टर्कीको दक्षिण पश्चिमी क्षेत्रमा छुट्टी मनाइरहेका थिए । त्यसलगत्तै उनले विमानमार्फत इस्तानबुल पुगेर पत्रकार सम्मेलन गरे ।
त्यसबेला मात्रै उनले अवस्था सरकारकै नियन्त्रणमा रहेको र सेनाका वरिष्ठ अधिकारीहरुको समर्थन रहेको पाएका थिए । सत्तापलटको कोशिस सफल हुनका लागि सेनाको सिंगो साथ वा अधिकांशको सहभागिता जरुरी थियो ।
तर टर्कीका सेना प्रमुख जनरल हुलुसी अकबर यस सत्तापलटमा सहभागी थिएनन् भने इस्तानबुलमा सेनाका स्थानीय प्रमुखको समेत सहभागिता थिएन ।
नौसेना प्रमुख र विशेष बलका कमाण्डरले समेत यसको विरोध गरेका थिए र एफ–१६ विमानले विद्रोहीमाथि आक्रमण गरेको थियो । सेनाको यो सत्तापलटको प्रयास सुरु हुनुअघि नै राजधानी अंकारामा बिस्फोट र ध्वस्त बनाउने काम सुरु भएको थियो ।
यो सैनिक ‘कु’ केटाकेटी तरिकाले गर्न खोजिएको र सेनाको व्यापक समर्थन हासिल गर्न असफल भएको टिप्पणी सुरु भएका छ । राजनीतिक क्षेत्रबाट पनि यसमा समर्थन थिएन ।
विपक्षी धर्मनिरपेक्ष पार्टी सीएचपीले टर्कीमा धेरै सत्तापलट भएको र अब कसैले यस्ता घटना दोहो¥याउन नचाहेको जनाएको छ । यो सत्तापलटका पछि सेनाको सानो समूहको संलग्नता थियो, जसको मुख्यालय इस्तानबुलमा रहेको छ ।
राष्ट्रपति रिसेपले सम्भावित सत्तापलटविरुद्ध बारम्बार चेतावनी दिने गरेका थिए । पछिल्लो समयमा एर्दोगानको सरकारले सेना र प्रहरीमा सफाई अभियान चलाएर इस्लामी रुझान राख्ने उनको एके पार्टीविरुद्ध रहेको शंकास्पद व्यक्तिलाई कारबाही गर्दै आएको थियो ।