टर्कीमा सैनिक ‘कु’ गराएको आरोप लगाइएका फतहुल्लाह गुलेन को हुन् ?

टर्कीमा सैनिक ‘कु’ गराएको आरोप लगाइएका फतहुल्लाह गुलेन को हुन् ?

Fatahullah Gulenएजेन्सी । टर्कीका प्रधानमन्त्री बिनाली यिलदिरिमले सत्ता पल्टाउने सैनिक ‘कु’ को प्रयास लोकतन्त्रमाथिको कालो धब्बा भएको बताएका छन् । 

शनिबार भएको सैनिक ‘कु’ को प्रयासमा २ सय ६५ जना मारिएका छन् भने सेनाका केही वरिष्ठ अधिकारीसहित ३ हजारभन्दा बढीलाई पक्राउ गरिएको छ ।

राजधानी अंकारा, सबैभन्दा ठूलो सहर इस्तानबुललगायतका स्थानमा भएको दोहोरो भिडन्तका क्रममा १४ सय ४० भन्दा बढी घाइते भएका छन् ।

प्रधानमन्त्री बिलानीले मारिन १ सय ६१ मा आक्रमणकारी सामेल नरहेको जनाएका छन् । कार्यबहाक सेना प्रमुख उमित दुंदारले यसअघि नै सत्तापलटको प्रयास गर्ने १ सय ४ जना मारिएको बताएका थिए ।

उनले सत्ता हत्याउने प्रयासमा अमेरिकामा रहेका टर्किस धर्मगुरु फतहुल्ला गुलेनका समर्थक जिम्मेवार रहेको आरोप लगाएका छन् ।

टर्कीका प्रधानमन्त्रीले फतुहुल्ला आतंकवादी संगठनका नेता भएको आरोप लगाउँदै उनकापछि रहने कुनैपनि देश टर्कीको मित्र हुन नसक्ने बताएका छन् ।

को हुन् फतहुल्लाह गुलेन ?
फतलुल्लाह गुलेन टर्कीका दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति हुन् । टर्कीमा सत्ता हत्याउने प्रयासपछि राष्ट्रपति अर्दोगान तैययले यसका पछि गुलेनको हात रहेको हुनसक्ने औल्याए । तर उनले यो आरोपको खण्डन गरेका छन् ।

इस्लामी धर्मगुरु फतहुल्लाह गुलेनका टर्कीमा लाखौ अनुयायी रहेका छन् । डेढ सय भन्दा बढी देशमा उनका स्कुल छन् र उनको अरबौ डलरको कारोबार रहेको छ ।

उनी सन् १९९० को दशकदेखि अमेरिकाको पेन्सिलभेनियामा बस्दै आएका छन् । टर्कीमा राष्ट्रघाती काम गरेको आरोप उनीमाथि लागेको थियो । तर अहिले उनी यो आरोपबाट मुक्त भइसकेका छन् ।

सन् २०१४ मा बीबीसीलाई दिएको एक अन्तर्वार्ताका क्रममा सरकारविरुद्ध आफ्नो प्रभावको प्रयोग गरेको आरोपको खण्डन गरेका थिए । ७५ वर्षीय फतहुल्लाह पछिल्लो समयमा स्वास्थ्य समस्याबाट पीडित छन् ।

उनी टर्कीका वर्तमान राष्ट्रपति एदोगानका निकट थिए । तर अहिले एर्दोगानले उनलाई राजनीतिक प्रतिद्वन्द्वी मान्छन् र उनको प्रभाव कम गर्ने कोशिस गरिरहेका छन् । टर्की प्रहरी, न्यायपालिका र गुप्तचर एजेन्सीमा समेत गुलेनको प्रभाव रहेका व्यक्तिहरु छन् ।