लण्डन/एजेन्सी– एक नयाँ अध्ययनअनुसार पहिले नै रहेको ब्रम्हाण्डको विखण्डनबाट अहिलेको ब्रम्हाण्ड अस्तित्वमा आएको हुनसक्ने अनुमाग लगाइएको छ ।
यो अवधाराणा त्यो सिद्दान्तको विपरित छ कि एक विन्दूको प्रसारका साथ हाम्रो ब्रम्हाण्डको उत्पत्ति भएको हुनसक्छ । नयाँ अवधाराणाबाट ‘बिग बाउन्स’ को सिद्दान्तलाई बल मिल्छ ।
जो हाम्रो ब्रम्हाण्डको जन्मको बारेमा बताउँछ । अझैपनि ब्रम्हाण्डको विस्तार भइरहेको बताइन्छ । केही मानिसहरु ब्रम्हाण्डको विस्तार र संकुचनको प्रक्रिया चलिरहन्छ र अहिलेको विस्तार यसको एक चरणमात्रै हो ।
‘बिग बाउन्स’ को सिद्धान्त सन् १९२२ देखिको हो । तर यसको उचित तथ्य र विश्लेषण हुन सकेको छैन । यसको अध्ययनको प्रशासन फिजिकल रिब्यु लेर्ट्समा गरिएको हो ।