Theresa may_pm_queen_hiresएजेन्सी । थेरेसा मे बेलायतको दोस्रो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् ।

बेलायतले ईयुबाट अलग हुने गरी जनमत संग्रहमा आफ्नो मत दिएपछि नैतिकताको आधारमा निवर्तमान प्रधानमन्त्री टोनी ब्लेयरले आफ्नो पदबाट राजीनामा दिएपछि उनको प्रधमामन्त्री हुने ढोका खुलेको थियो ।

५९ वर्षीया मेले प्रधानमन्त्रीको सपथ लिएपछि जनमत संग्रह र त्यसको परिणामको बचाउ गर्दै भनेकी थिइन् ‘ब्रेक्जिट भनेको ब्रेक्जिट नै हो, अब पनि यताउति गरेर बहस गरिरहने र ईयुमा जाने हल्ला गरिरहनुको तुक छैन’ ।

उनी गम्भीर स्वभावकी र खरो मिजासकी मानिन्छिन् । उनलाई ‘आइरन लेडी’ का रुपमा पनि लिइन्छ ।

एक नेतृका रुपमा गृहमन्त्रीबाट आफ्नो राजनीतिक करिअर विकास गरेकी मेले छोटो समय आफूलाई यो स्थानमा पुर्याउन सफल भएकी छन् ।

सन् १९९७ मा पहिलो पटक सांसद निर्र्वािचत भएकी उनी राष्ट्रिय राजनीतिमा प्रवेश गरेपछि छोटो समयमा तीव्र गतिमा सफलताका खुट्किला चढ्दै सन् २०१० मा क्यामरुनको क्याबिनेटमा गृह मन्त्रालय सम्हाल्न पुगेकी थिइन् ।

जनमत संग्रहमा मेको भूमिका भने चलाखीपूर्ण थियो । उनी बेलायत इयूमा नै रहनुपर्ने भन्ने खेमामा थिइन् । तर उनी खुलेर चुनावी अभियानमा नलागी उठाइएको नारालाई समर्थन मात्र गरेकी थिइन् ।

सो मध्यमार्गी भूमिकाका कारण पनि उनी अरुभन्दा नरम र दुवै पक्षको साझा उमेदवार बनेर विजयी हुन सफल भइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर