
एजेन्सी । चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले आफ्नो वरिष्ठ सैनिक कमाण्डर ओमर शिशानीको मृत्यु भएको पुष्टि गरेको छ ।
आइएससँग सम्बन्धित समाचार एजेन्सी आमाकले बताएअनुसार शिशानीको मृत्यु इराकको शिकरत सहरमा भएको आक्रमणका क्रममा भएको हो ।
उनको वास्तविक नाम तरखान बतिराश्विल हो । उनी आइएसका प्रमुख नेता अबु ब्रक अल बग्दाद समान नेताका रुपमा थिए ।
ओमर साफ चेचेन नामले परिचित शिशानी रसिया विरुद्ध लडाइमा सामेल थिए । उनलाई अमेरिकी रक्षा मन्त्रायल पेन्टागनले आइएसका युद्धमन्त्रीको परिचय दिएको थियो ।
यसअघि अमेरिकी हवाई हमलामा परि उनको मृत्यु भएको खवर सार्वजनिक भएपनि आईएसले अस्वीकार गरेको थियो ।
अमेरिकी मोस्ट वान्टेडको सूचीमा रहेका उनलाई मार्नेलाई ५० लाख इनामको घोषणा गरिएको थियो ।