काठमाडौँ । व्यवस्थापिका–संसद्को बैठकले विनियोजन विधेयक, २०७३ बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनसमक्ष पेस गरेको उक्त विधेयक शनिबारको संसद बैठकले बहुमतले पारित भएको हो ।
विधेयक माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएपछि विधेयक पारित गरिएको हो ।
यो विधेयक पारित भएपछि सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । त्यसअघि सदनले विनियोजन विधेयक, २०७३ का विभिन्न दफालाई पारित गरेको थियो ।
यस्तै सदनले आर्थिक विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ। यस्तै आर्थिक विधेयक, २०७३ माथिको दफाबार छलफल भने यही असार २९ गते हुनेछ।
त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई समेत सदनको सर्वसम्मतिले स्वीकृत गरेको छ।
यसअघि सांसद डा रामशरण महत, प्रेम सुवाल र जनकराज जोशीले मुलुकभित्रै आवश्यक पुँजी मौज्दात रहेको अवस्थामा किन थप ऋण लिनुपर्यो भन्दै प्रश्न गरेका थिए।
यस्तै ऋण तथा जमानत (एक्काइसौं संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत भएको छ। व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार २९ गते बिहान ११ बजे बस्नेछ ।
काठमाडौँ । व्यवस्थापिका–संसद्को बैठकले विनियोजन विधेयक, २०७३ बहुमतले पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनसमक्ष पेस गरेको उक्त विधेयक शनिबारको संसद बैठकले बहुमतले पारित भएको हो । विधेयक माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएपछि विधेयक पारित गरिएको हो ।