सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका दाहाल विजयी

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका दाहाल विजयी

nepal barकाठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूहका शैलेन्द्रकुमार दाहाल विजयी भएका छन् । सर्वोच्च बारको नयाँ कार्यसमिति चयनका लागि शनिवार मतदान भएको थियो ।

दाहालले दुई सय ९३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी रामप्रसाद भण्डारीले दुई सय ४३ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा प्रगतिशील समूहका नारायणप्रसाद प्रसाई दुई सय ७८ मत ल्याउदै बिजय भएका छन् । सचिवमा लोकतन्त्रिकका बिष्णु लुईटेल , सहसचिवमा प्रगतिशीलका अन्जु उप्रेती ढकाल र कोषाध्यक्षमा प्रगतिशीलका जगतबहादुर कार्की भएका छन् ।

यसैगरी सदस्यहरुमा नारायणप्रसाद भट्टराई, श्रवणकुमार चौधरी, द्रोणप्रसाद दाहाल, राम राउत, गीता अर्याल,  श्रुति रेग्मी, अवतार न्यौपाने ,  मोहम्मोद शेख र  धिरज  पोखरेल विजयी भएका छन् ।

महिला सदस्यमा लक्ष्मी पोखरेल विजयी भएकी छन्।