भारतको बिहारमा चट्याङ लागेर २९ जनाको मृत्यु

भारतको बिहारमा चट्याङ लागेर २९ जनाको मृत्यु

chatyang-1एजेन्सी । भारतको बिहारमा चट्याङ लागेर २९ जनाको मृत्यु भएको छ ।

विहारको राजधानी पटनास्थित आपत प्रवन्धन विभागले बुधबार बिहान २९ जनाको मृत्यु भएको पुष्टि गरेको हो । बिहारका ९ वटा जिल्लामा भएको घटनामा परी उनीहरु मारिएका हुन् ।

सबैभन्दा बढी ६ जना पटनामा मारिएका छन् भने नालन्दा औरंगावाद जिल्लामा चार चार जनाको मृत्यु भएको छ ।

यसैगरी भोजपुर, बक्सर, रोहतास र कैमुरमा तीन तीन, मुंगेरमा दुई र गयामा एक जनाको मृत्यु भएको हो ।

विहार सरकारले मृतक सबैका परिवारलाई चार चार लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

चट्याङका कारण नालन्दा र रोहतास जिल्लामा अन्य नौजना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।