काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीसँग एकता नहुने स्पष्ट गरेका छन् ।
क्रान्तिकारी माओवादीको सोमबारदेखि राजधानीमा शुरु भएको राष्ट्रिय भेलाको बन्दसत्रमा मंगलबार वैद्यले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै विप्लवसँग पनि एकता नहुने प्रष्ट्याएका हुन् ।
“अहिले विप्लवहरुले पार्टी एकताको हल्ला गर्ने गरेका छन्,” वैद्यको भनाइ उद्धृत गर्दै भेलाका एक प्रतिनिधिले भने, “विप्लवसँग कुनै सस्तो एकता हुँदैन ।”
माओवादी केन्द्र दक्षिणपन्थी नवसंशोधनवादी भएको उल्लेख गर्दै प्रचण्डसँग एकताको प्रक्रिया पूरै खारेज गरिएको वैद्यले बताए ।