मुम्बई । आशुतोष गोवारिकरको बहुप्रतिक्षित फिल्म ‘ मोहनजोदडो ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए लगत्तै यस फिल्मको चर्चा बढेको छ । फिल्मको ट्रेलर एक दिनमा दशलाख दर्शकले हेरेका छन् ।
जोधा अकबर ,लगान नामका फिल्म बनाईसकेका गोवारिकर फेरि अर्काे ऐतिहासिक कथा बस्तु बोकेको फिल्म ‘मोहनजोदडो’लिएर आएका छन् । जसले सिन्धुघाँटी सभ्यताको सहर मोहनजोदडोलाई फिल्मको केन्द्रबिन्दु बनाएको छ ।
फिल्मको ट्रेलर, कथा वस्तु तथा परीवेश वलिउड फिल्म जस्तै देखिन्छ फिल्ममा मुख्य भुमिकामा पुजा हेडगें र ऋतिक रोशन रहेका छन् । यो फिल्म स्वतन्त्रता दिवसको तिन दिनअघि १२ अगष्टमा रिलिज हुनेछ ।