अविश्वासको प्रस्तावमाथि साउन ६ गते संसदमा छलफल

काठमाडौं । सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि व्यवस्थापिका संसदमा साउन ६ गते छलफल हुने भएको छ । ब्यवस्थापिका संसदमा बजेट सम्बन्धि विधेयकहरुबारे शुक्रबार छलफल हुने कार्यक्रम भए पनि अन्यौलताका कारण सूचना टाँस गरी साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो । सभामुख ओनसरी घर्ती मगरले साउन ६ गते अविश्वासको प्रस्तावमाथि छलफल गर्न समय तोकेकी छन् […]

डा.केसीको अनसनप्रति क्रान्तिकारी माअाेवादीका अध्यक्ष किरणको ऐक्यवद्धता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले प्रा.डा. गोविन्द केसीले सुरु गरेको आठौं पटकको आमरण अनशनप्रति ऐक्यवद्धता जाहेर गरेका छन् । आज शुक्रवार दिउँसो केसी अनसन बसिरहेको शिक्षण अस्पतालमा पुगी उनले ऐक्यवद्धता जनाएका हुन् । केसीसँगको भेटका क्रममा वैद्यले शैक्षिक मागहरुप्रतिको चिन्तामा देशभरका शिक्षाप्रेमी, न्यायप्रेमीहरुका साथै युवा विद्यार्थीहरु एकाकार रहेकाे भन्दै […]

विप्लव माओवादीले फेरि गर्यो नेपाल बन्दको घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले फेरि नेपाल बन्द सहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सर्लाहीको सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको भन्दै विपल्व माओवादीले साउन १० गते नेपाल बन्दको घोषणा गरेको हो । यसअघि जेठ २७ गते पनि विप्लव माओवादीले नेपाल बन्द गरेको थियो । विप्लव माओवादीको केन्द्रीय कार्यालयको तर्फबाट शुक्रबार राजधानीको […]

भारतीय हस्तक्षेपलाई बैधानिकता दिने भूमिकामा प्रबुद्ध समूह ?

काठमाडौं । आज मुलुक राष्ट्रियता, जनतन्त्र र जनजीविकाका हिसाबले जर्जर अवस्थामा छ । मुलुकलाई एउटा ग्राण्डडिजाइनमार्फत् भूटानीकरण हुँदै सिक्किमीकरणको दिशामा लैजाने खेलहरु भइरहेका छन् । भर्खरै सम्पन्न नेपाल–भारतका प्रबुद्ध समुहकों बैठकपछि भारतीय प्रबुद्ध समूहका संयोजक भगतसिंह कोसियारीले दिएका दुईवटा अभिव्यक्तिले यो डिजाइनतर्फ संकेत गरेको छ । उनले भनेका छन्– ‘भारतीय शासकवर्ग नेपाललाई भूटानजस्तै खुसी देख्न […]

पौडेललाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

काठमाडौं । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई धोका दिएको भन्दै ओलीले दाहाललाई प्रधानमन्त्री नबनाउने दाउमा कांग्रेस फुटाउने प्रयत्न गरेका छन् । तर ओलीले बुधबार टेलिफोनमार्फत् गरेको त्यस्तो प्रस्ताव आफूलाई पौडेलले अस्वीकार गरिदिएका छन् । […]

गाेविन्द केसीको अनशनप्रति क्रान्तिकारी विद्यार्थीको ऐक्यवद्धता

काठमाडौं । प्रा.डा. गोविन्द केसीले सुरु गरेको आठौं पटकको अनशनप्रति अनेरास्ववियू (क्रान्तिकारी) ले ऐक्यवद्धता जाहेर गरेको छ । क्रान्तिकारीका केन्द्रीय संयोजक सेवन्तराज भण्डारीले विहीबार अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर केसीको अनसनप्रति ऐक्यवद्धता जनाएका हुन् । उनीहरुले केसीको आठौ पटकको अनशनस्थलमा उपस्थित भई उनको अनशन र उनले उठाएका जायज मागहरुप्रति पूर्ण समर्थन र ऐक्यवद्धता जाहेर गरेका […]

बिजुक्छे भन्छन् – दाहाल भारतको गोटी बने

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतको गोटी बनेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले भारतको गोटी बनेर दाहाल सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाए । वर्तमान सरकार विस्थापन गर्ने भारतको चाहनामा कांग्रेससँगै माओवादी अध्यक्ष दाहाल गोटी […]

अविश्वासको प्रस्तावमाथि एक सातापछि मात्रै छलफल

काठमाडौँ । व्यवस्थापिका–संसद् सचिवालयमा सरकारको विरोधमा बुधबार दर्ता भएको अविश्वासको प्रस्ताव परिपक्व हुन संसद् नियमावलीअनुसार एक साता लाग्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूहरुको विश्वास नरहेको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) ले अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसको प्रक्रिया शुरु हुन एक साता लाग्ने भएको हो । संसद नियमावलीको नियम […]

अाेली सरकारविरूद्ध अविश्वासको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वकाे सरकारका विरुद्धमा व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । बुधबार नयाँबानेश्वरस्थित संसद् भवनमा दर्ता गराएको सो अविश्वासको प्रस्तावको प्रस्तावकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थनमा नेपाली काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा रहेका छन् । सो अविश्वासको प्रस्तावमा नेका र केन्द्रका २५५ जना सांसदले हस्ताक्षर […]

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ दलको बैठकपछि उपप्रधान, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले संविधान कार्यान्वयनको अहिलेको समयमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अप्रत्याशीत र अव्यावहारिक रहेको निष्कर्ष निकालेको […]