दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते पाँच नम्बर प्रदेश स्तरीय अधिवेशन दाङको घोराहीमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक श्याम बहादुर बोहोरा (अटल) सहसंयोजकहरू निरज कुमार के.सी, शेरकुमार खड्का र कृष्ण केसी सहित १५१ सदस्यीय पाँच नम्बर प्रदेश समिति गठन गरेको छ ।
अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य राम सिंह श्रीस (राजबीर ), अतिथिहरु केन्द्रीय कार्यालय सदस्य एवं ४ नं. प्रदेश इन्चार्ज हरिभक्त कँडेल ( प्रतीक ), केन्द्रीय कार्यालय सदस्य एवम ४ नं.प्रदेश संयोजक ( प्रवाह ) केन्द्रीय कार्यालय सदस्य एवं पाँच नम्बर प्रदेश इन्चार्ज कृष्ण राज पौडेल ( कुमोद ) हुनुहुन्थ्यो । निरज कुमार के.सी ले हाउसमा प्रदेश कमिटीको प्यानल प्रस्तुत गर्नु भयो र हाउसले ताली बजाई प्यानल अनुमोदन गरेको थियो ।
कार्यक्रमको अध्यक्षता प्रदेश सहसंयोजक शेरकुमार खडका ( गति ), संचालन प्रदेश सहसंयोजक कृष्ण के.सी. तथा स्वागत केन्द्रीय सचिवालय सदस्य निरज कुमार के सी ( समीर ) ले गर्नु भएका थियो । कार्यक्रममा केन्द्रीय समितिको परिपत्र वाचन गरिएको थियो । रक्तिम साँस्कृतिक अभियानका पूर्व अध्यक्ष नारायण योगीले “उठ्नु पर्ने भो , जुट्नु पर्ने भो, तिमी हामी सबै मिली उठ्नु पर्ने भो “बोलको गीत प्रस्तुत गर्नु भएको थियो । सहिदहरू प्रति एक मिनेट मौन धारण गरिएकोथियो ।
जेष्ठ १० गते घोराहीमै घोषणा सभा सम्पन्न भयो । रामसिं श्रीस, हरिभक्त कँडेल,कृष्ण पौडेल ,केन्द्रीय सल्लाहकार पिताम्बर आचार्य लगायतले मन्तब्य राख्नुभएको थियो । घोषणा सभाको सन्चालन शेरकुमार र अध्यक्षता समीर र स्वागत कृष्ण के सीले गर्नु भएकोथियो ।