नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढदै, जेष्ठ ३ गते एक जना र ४ गते अर्को एकजनाको मृत्यु

४ जेष्ठ  काठमाडौं, धुलिखेल ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएकी २९ वर्षीया महिलाको जेठ ३ गते मृत्यु भएको अर्को दिन जेठ ४ गते बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएको पुष्टी भएको छ । कोरोना भाइरसबाट नेपालभित्र मृत्यु हुने उनी पहिलो नेपाली थिइन भने यी युवक दोस्रो भएका छन् । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड—१९) […]

धुलिखेल ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएकी २९ वर्षीया महिलाको मृत्यु

३ जेष्ठ  काठमाडौं, नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया ती महिला ९ दिनकी सुत्केरी थिइन । श्वासप्रश्वासमा समस्या देखिएर धुलिखेल अस्पताल ल्याइएकी उनको अस्पतालकै गेटमै आइपुग्दा मृत्यु भैसकेको अस्पतालका एक चिकित्सकले बताए र्। श्वास प्रश्वासका कारण उनको मृत्यु भएपछि […]

लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेको प्रति क्रान्तिकारी माओवादीको ध्यानाकर्षण

रवि पाण्डेय – नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति पश्चिम नवलपरासीले दार्चुला जिल्लाको लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेको प्रति ध्यानाकर्षण भएको जनाउदै बिरोध गरेको छ । सो पार्टीका जिल्ला सेक्रेटरी चोलाद्धारा जारी बिज्ञप्तिमा भनिएको छ – नेपालको सार्वभौमिक अखण्डता भित्र दार्चुला जिल्लामा पर्ने गुञ्जीदेखि कालापानी हुदै नाभिढाङ्गसम्मको झण्डै २२ कि.मी. भूभागमा […]

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी पी गजुरेलद्धारा भारतीय अतिक्रमणका बिरुद्ध एकतावद्ध संघर्ष गर्नका लागि अपिल

    भारतीय अतिक्रमणले अब सिमा नाघेको छ । यसको पछिल्लो घटनामा नेपालको सीमा भित्र भारतीय सेनाले सडक बनाउँदै गरेको घटना हो । सडकको भारतीय रक्षा मन्त्रीले हिजो  उद्घाटन गरेका छन् तर नेपालको ओली सरकारले त्यसवारे अहिलेसम्म विरोधको एक शब्द पनि बोलेको छैन । मानौ नेपाल सरकार भारतीय कठपुतलीको सरकार हो । सरकारले भारतका अगाडि […]

नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवरको बाटो खोल्यो

२६ वैशाख, काठमाडौं, भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला(लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी […]

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी पी गजुरेलद्धारा जारी प्रेस वकतव्य

बैशाख २६,काठमान्डौ  सरकारले विगतमा गरेका कतिपय गम्भीर गल्ती कमजोरीका कारण आज कोरोना भाइरस नेपालमा पनि तीब्ररुपमा फैलिँदै छ । अहिले सम्म १०१ जनामा संक्रमित भैसकेको छ र समुदायमा फैलिने चरणमा प्रवेश गरेको छ । यसको रोकथाम, नियन्त्रण तथा नेपालको सिमानामा आएर अलपत्र परेका नेपाली नागरिकहरुलाई सुरक्षित क्वारेण्टाइनमा राख्ने प्रभावकारी व्यवस्था मिलाएर नेपाल ल्याउने कामगर्न समेत […]

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.किरणद्धारा सरकारको कडा विरोध तथा खबरदारी

बैशाख २५,काठमान्डौ एकातिर ओली सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीको प्रभावकारी रुपले सामना गर्ने क्रममा सरकारले उच्च जिम्मेवारीबोधका साथ पहल गर्न सकिरहेको अवस्था छैन भने अर्कोतिर सरकारको यो असफलतालाई ढाकछोप गर्न अहिले यति गम्भीर विपदको बेला जनयुद्धकालीन मुद्दाहरूबारे पनि सरकार र सरकार सञ्चालन गर्ने पार्टीका विभिन्न तहबाट गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिहरु सार्वजनिक भइरहेको सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव […]

लेनिनका विलक्षण प्रतिभाका चारित्रिक विशेषताहरु

  एक महान् विभूति भ्लादिमिर इलिच लेनिन श्रमिक मानवजातिको मुक्ति–सङ्घर्षको गौरवशाली इतिहासमा स्वर्णाक्षरमा र अमिट रुपले अङ्कित नाउँ हो । उनी एक सच्चा सर्वहारा क्रान्तिकारी नेता, नयाँ युगका नयाँ नेता थिए, जसले आफ्नो सम्पूर्ण जीवन, आफ्नो सम्पूर्ण शक्ति तथा सामथ्र्य एक महान् तथा उच्च लक्ष्यको सेवामा अर्थात् श्रमिक जनगणको मुक्ति र सुखको लागि समपर्ण गरे […]

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भन्दछ– “जन विरोधी अध्यादेश खारेज गरियोस”

आज एक बक्तब्य प्रकाशित गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो), नेपालले ओली सरकारले ल्याएको जन विरोधी अध्यादेशहरुलाई खारेज गर्न सरकारसँग माग गरेको छ । वब्तब्यमा देजमो, नेपालले यसले ओली सरकारको प्राथमिकता कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्ने नभएर आफ्नै निरंकुशतालाई बलियो बनाउने रहेको पुष्टि भएको स्पष्ट हुन्छ । यो देश र जनताप्रतिको विश्वासघात हो । प्रेस–वक्तव्यको पूर्णपाठ […]

नेकपा स्थापना दिवस र लेनिनको जन्म दिनको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)को प्रेस–वक्तव्य

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस आज बैशाख १० गते तथा विश्व सर्वहारा वर्गका महान् नेता तथा लेनिनवादका प्रवर्तक लेनिनको जन्म दिन यहि अप्रिल २२को अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव क. किरणले एक प्रेस–वक्तव्यमार्फत ७० वर्ष लामो नेपाली कम्युनिस्ट आन्दोलनको संक्षिप्त समिक्षा गर्दै एकता–सङ्घर्ष–रुपान्तरणका विभिन्न श्रृङ्खला र नयाँ आधारमा नयाँ एकता एवम् फुट समेत हुँदै […]