कुन ऐन, कानून अनुसार नागरिकको निगरानी गरेको हो ? भन्दै सेनासँग जवाफ माग

कुन ऐन, कानून अनुसार नागरिकको निगरानी गरेको हो ? भन्दै सेनासँग जवाफ माग

काठमाडौं । अधिवक्ता जस्मिन ओझाले भद्राकालीस्थित नेपाली सेनाको हेडक्वार्टरलाई पत्र लेख्दै नेपाली सेनाले संविधानको कुन ऐन,कानून,नियम,विनियम, कार्यविधि र निर्देशनबमोजिम नागरिकको निगरानी गर्न लागेको हो ? जङ्गी अड्डासँग जवाफ माग गरेकी छन् । भदौ २४ गते देशभर विध्वंश मच्चिरहँदा पनि फिल्डमा नउत्रिएको सेना अघिल्लो शनिबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चल्दै गर्दा घेरबन्दीको लागि परिचालन भएको दृश्य देखिएपछि विभिन्न टिकाटिप्पणी शुरु भएको थियो । तर जङ्गी अड्डाले भने वैशाख ११ गते एक विज्ञप्तीमार्फत त्यस्ता टिकाटिप्पणीमा विश्वास नगर्न आग्रह गर्दै भनेको थियो, ‘नेपाली सेना र सम्बन्धित निकायहरूले यस किसिमका उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने ब्यहोरासमेत स्मरण गराइन्छ ।’

‘नेपाली सेनालाई विज्ञप्तिमा उल्लेख भएबमोजिम जनताको कुनै पनि किसिमको गतिविधि नियमित निगरानी गर्ने अधिकार कुन ऐन,कानून, नियम,विनियम,कार्यविधि, निर्देशनबमोजिम उपलब्ध भएको हो सोको स्पष्ट जानकारी गराइदिन हुन अनुरोध छ । सो कानूनको प्रतिलिपीसमेत संलग्न गरिदिनु हुन अनुरोध छ।’

उक्त पृष्ठभूमिमा अधिवक्ता ओझाले पनि जङ्गी अड्डासँग कुन ऐन र कानूनको आधारमा सेनाले नागरिकको निगरानी गर्न लागेको हो ? भनी प्रश्न गरेकी हुन् । सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र दफा ७ अनुसार उनले जङ्गी अड्डालाई भनेकी छन्, ‘नेपाली सेनालाई विज्ञप्तिमा उल्लेख भएबमोजिम जनताको कुनै पनि किसिमको गतिविधि नियमित निगरानी गर्ने अधिकार कुन ऐन,कानून, नियम,विनियम,कार्यविधि, निर्देशनबमोजिम उपलब्ध भएको हो सोको स्पष्ट जानकारी गराइदिन हुन अनुरोध छ । सो कानूनको प्रतिलिपीसमेत संलग्न गरिदिनु हुन अनुरोध छ ।’

युवा अभियन्तासमेत रहेकी ओझाले उक्त विज्ञप्तीमा हस्ताक्षर गर्ने सैनिक अधिकृतको सक्कल परिचयसमेत मागेकी छन् । अघि लेखेकी छन्, ‘सो विज्ञप्तिमा कसले सही गरेको हो भनी उल्लेख नभएको हुँदा उल्लेखित हस्ताक्षर गर्ने नेपाली सेनाकै सकल दर्जाको व्यक्ति हो वा होइन,सो व्यक्ति नेपाली सेनाको सकल दर्जाको व्यक्ति भए नाम,पद र कुन हैसियतले हस्ताक्षर गरिएको हो खुलाइदिनु हुन र होइन भने सो व्यक्तिको परिचय के हो नेपाली सेनाको सकल दर्जामा दर्ज नभएको व्यक्तिले नेपाली सेनाको विज्ञप्तीमा कुन कानूनी हैसियतले हस्ताक्षर गरेको हो, स्पष्ट खुलाईदिनु हुन अनुरोध छ।’