काठमाडौं । सरकारले निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय ६ वटा कर्मचारी संगठनले नमान्ने घोषणा गरेका छन्।
सोमबार साँझ विज्ञप्ति प्रकाशित गर्दै नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामति कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठनका केन्द्रीय अध्यक्षहरूले सरकारले स्वच्छाचारी कदम चालेको भन्दै खेद प्रकट गरेका हुन्।
वर्तमान सरकारले हरण गरेको ट्रेड युनियन अधिकार पुनस्र्थापित गर्न माग गर्दै कर्मचारी संगठनहरूले आवश्यक कानुनी लडाइँमा जाने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख १४ गते केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएका थिए। जुन अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २० गते जारी गरेपछि दशकौदेखि रहेको कर्मचारी ट्रेड युनियन खारेज भएको थियो।






























