दाङमा सुकुम्बासीहरुको प्रदर्शनसहित विरोध सभा

दाङमा सुकुम्बासीहरुको प्रदर्शनसहित विरोध सभा

दाङ । सरकारी रबैयाका कारण देशैभरी सुकुमवासीहरु आन्दोलित भैरहेको बेला ‘क्रान्तिकारी सुकुमबासी संङ्घ नेपाल’ को आयोजनामा दाङमा जुलुस प्रर्दशन तथा विरोध सभा सम्पन्न भएको छ । बैशाख २१ गते हिजो गरिएको प्रदर्शनमा भूमिहिन सुकुमवासी, मुक्त कमैया, अव्यवस्थित बसोवासी र बाढि पिडितहरु एक हौँ, पिडितलाई न्याय दे, भन्ने नारा सहित दाङका विभिन्न ठाँउबाट घोराहीमा जम्मा भएका सुकुमवासीहरुले बास्तविक सुकुमबासी पहिचान र उचीत वसोबासको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

जिल्ला अदालत परिसरबाट सुरु भएको सुकुमवासीहरुको जुलुस जिल्ला प्रशासनमा गएर विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएपछि सुकुमबासीहरुको जुलुस घोराहीको तुल्सीपुर चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । उक्त विरोध सभाको सन्चालन जिल्ला संयोजक डम्बर पुनले गरेका थिए भने केन्द्रीय संयोजक तिलक विकले सुकुमबासी समस्या र उनीहरुको मागको बारेमा बोलेका थिए ।
सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाकला केन्द्रीय सदस्य तथा पार्टीका दाङ इन्चार्ज हुकुमको उपस्थिति रहेको थियो ।