लैनचौरस्थित स्काउटको जग्गा विवादमा पूर्वमन्त्री दीपक खड्का आज पक्राउ

लैनचौरस्थित स्काउटको जग्गा विवादमा पूर्वमन्त्री दीपक खड्का आज पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई चैत्र १५ गते प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुढानीलकण्ठस्थित निवासबाट नियन्त्रणमा लिएको हो। खड्का पक्राउ परेका छन् ।

उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ । त्यो पैसा दशैंमा खर्च गर्न जम्मा गरिएका खुद्रा पैसा थिए , बदनाम गर्न खुद्रा पैसा हावामा उडाएका हुन–त्यतिबेला उनले भनेका थिए ।

खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आवश्यक अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रहरीका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित खड्काको घरमा नगद रकम फेला परेको थियो। सोही घटनासँग सम्बन्धित विषयलाई आधार बनाएर थप अनुसन्धान अघि बढाइएको हो।