अमेरिका र इजरायलले इरानमाथि गरे पुनः आक्रमण, इरानको प्रत्याक्रमण जारी

अमेरिका र इजरायलले इरानमाथि गरे पुनः आक्रमण, इरानको प्रत्याक्रमण जारी

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि पुनः आक्रमण सुरु गरेका छन् । आक्रमणका विरुद्ध इरानले पनि प्रत्याक्रमण गरेको छ । अहिले युद्ध जारी छ । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरानसहित धेरै सहरहरूमा हमला गरेको थियो । इर्ना समाचार एजेन्सीका अनुसार हमलामा दक्षिणी इरानमा ४० जना छात्राको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार इरानले पलटवार गर्दै करिब ४०० मिसाइल प्रहार गरेको छ ।
इरानले इजरायलका साथै कुवेत, कतार, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य अखडाहरूमा पनि हमला गरेको छ । इरानले यूएईको सबैभन्दा धेरै जनसंख्या भएको सहर दुबईलाई पनि निशाना बनाएको छ ।
खासमा इजरायलले इरानको खुफिया मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता खामेनेईको कार्यालय र इरानको परमाणु ऊर्जा संगठनलाई निशाना बनाएको थियो । हमलापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको छ ।
इजरायलले इरानविरुद्ध आफ्नो नयाँ अभियानको नाम ुलायन्स रोरु राखेको छ । अल जजिराले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यो अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको बताएको छ ।
अमेरिका र इजरायलले गाजामा ७० हजारको नरसंहार गरेजस्तै इरानी नागरिकहरुको नरसंहार सुरु गरेको छ । अमेरिका–इजराइललाई इरानमाथिको आक्रमण तत्काल रोक्न रुसले आग्रह गरेको छ ।