क्रान्तिकारी कम्युनिस्ट पार्टीका १५ नंं. ब्यूरोका इन्चार्ज र सचिव गिरफ्तार

क्रान्तिकारी कम्युनिस्ट पार्टीका १५ नंं. ब्यूरोका इन्चार्ज र सचिव गिरफ्तार

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका १५ नम्बर ब्युरो ईन्चार्ज सीताराम बुढाथोकी र ब्युरो सचिव डिल्ली बोहोरालाई सुशिला सरकारका प्रहरीले बिना कारण सुनसरीको ईटहरी स्थित घरबाटै गिरफ्तार गरेको छ।
सचिव बोहराकी बिमारी आमाको हेरचाह गरिरहेको अवस्थामा उहाँहरुलाई गिरफ्तार गरिएको त्यस ब्यूरोमा कार्यरत पार्टीका केन्द्रीय सदस्य बालकृष्ण सुवेदीले जानकारी गराउनु भयो । फरक विचारमाथि गरिएको यो दमनले सुशिला कार्की नेतृत्वको सरकारको फासिवादी चरित्र उदाङ्गो भएको भन्दै केस सुवेदीले गिरफ्तार कमरेडहरुको अविलम्ब विनाशर्त रिहाइ गर्न जोडदार माग गर्नुभएको छ ।