काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, केन्द्रीय समितिका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले एक प्रेस वक्तव्यमार्फत् आम प्राध्यापक तथा बौद्धिक समुदायलाई निर्वाचन बहिस्कारको पक्षमा उभिन र राष्ट्रलाई सुरक्षित गर्न हार्दिक आव्हान गर्नुभएको छ ।
फागुन १५ मा जारी वक्तव्यमा भनिएको छ, “विदेशी शक्तिद्वारा निर्मित र परिचालित कार्की सरकारलाई गर्न लगाइएको आगामी फागुन २१गतेको संसदीय निर्वाचनबाट राष्ट्र र जनताका समस्या समाधान गर्नुभन्दा मुलुकलाई गम्भीर मोडमा उभ्याउने र अस्तित्व नै समाप्तिको दिशामा लैजाने निश्चितप्राय छ । यसर्थ अहिलको विकल्प भनेको स्वाधीन राष्ट्रिय संयुक्त सरकार गठन गर्नु र राष्ट्रलाई बचाउनु सम्पूर्ण स्वाधीन राष्ट्रप्रेमी जनसमुदायका साथै राष्ट्रिय शक्तिहरु तथा विभिन्न तप्काका बौद्धिक समूह तथा प्राध्यापक , सचेत लेखक र साहित्यकारको युगीन अभिभारा भएकोले
उक्त निर्वाचनको बहिष्कारको पक्षमा उभिई सशक्त प्रतिकार गरी राष्ट्रलाई सुरक्षित गर्न हामी सम्बन्धित सबैलाई आह्वान गर्दछौं ।”































