बंगलादेशसँग हारेपछि नेपालको साफ यू १९ मा फाइनल यात्रा समाप्त

बंगलादेशसँग हारेपछि नेपालको साफ यू १९ मा फाइनल यात्रा समाप्त

 

काठमाडौं । साफ महिला यू १९ च्याम्पियनसिप २०२६ अन्तुर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग ४(० गोलको पराजय भोगेको छ।

पोखरा रंगशालामा बुधबार भएको यो पराजयसँगै नेपाल फाइनलम पुग्न असफल भएको छ। यसअघि नेपालले पहिलो खेलमा भारतसँग १(० को हार ब्यहोरेको थियो।

दोस्रो खेलमा भने नेपालले भुटानलाई २(१ गोलले हराएको थियो। फाइनल पुग्न आज बंगलादेशलाई पराजित गर्नु पर्ने भए पनि नेपालले चार गोल खायो।

अब उपाधिका लागि बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ।