अखिल क्रान्तिकारी नवलपरासीले जिल्ला सम्मेलन गर्ने

अखिल क्रान्तिकारी नवलपरासीले जिल्ला सम्मेलन गर्ने

बिद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न

नवलपरासी २९ पौष – अखिल (क्रान्तिकारी) नवलपरासीले जिल्ला सम्मेलन गर्ने भएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिति नवलपरासीका संयोजक रमेश पाण्डेयका अनुसार संगठनको जिल्ला सम्मेलन आयोजक समितिको बैठकले सम्मेलन तय गर्नेछ ।
त्यसका लागि आगामी माघ ४ गते आयोजक समितिको प्रशिक्षणात्मक बैठक हुने क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका पाण्डेयले जानकारी दिए ।
यसैबीच जिल्ला सम्मेलन एंव राष्ट्रिय सम्मेलनको तयारीका कामहरुको क्रममा बर्दघाटमा बिद्यार्थी भेटघाट कार्यक्रम गरिएको क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो संयोजक मनोज थापाले बताए ।
मंगलवार आयोजित बिद्यार्थी भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय , क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय सदस्य राजेन्द्र न्यौपाने , क्रान्तिकारी महिला संगठन नेपाल नवलपरासी संयोजक मुक्तमाया महतोलगायत सहभागी थिए ।
क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फागुन १,२ र ३ गते काठमाण्डौमा हुदैछ ।