क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा बर्दघाट–२ चिसापानीको जग्गा सार्वजनिक बनाउन माग (फोटो फिचर)

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा बर्दघाट–२ चिसापानीको जग्गा सार्वजनिक बनाउन माग (फोटो फिचर)

नवलपरासी १८ भदौ – नवलपरासीको बर्दघाट–२ चिसापानी ढेडारीफाँटको ग्रिनबेल्टको जग्गा पूरै नगरपालिका मातहत ल्याएर सार्वजनिक सम्पतिको रुपमा सदुपयोग गर्न माग गरिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिले बुधवार बर्दघाट नगरपालिकालाई २३ बुदें ज्ञापन पत्र बुझाएको थियो ।
भष्ट्राचार बिरोधी अभियानको क्रममा बुझाइएको उक्त ज्ञापन पत्रको ४ नम्बर बुदाँमा उक्त माग दोहो¥याइएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नेकपा(क्रान्तिकारी माओवादी),नेकपा(मशाल) र नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा बीच एकता भएर बनेको गैरसंसदवादी पार्टी हो ।
यस अघि बि.स. २०७७ भदौ १८ गते नेकपा(क्रान्तिकारी माओवादीले उक्त जग्गा कब्जा गरेको घोषणा गरेको थियो ।
उसले आफ्नो पुरानै माग दोहो¥याउदै राष्ट्रिय आवास कम्पनीको नाउ बाट तिमिल्सिना टे«र्डसको नाममा बिक्री भएको भनिएको उक्त जग्गा सार्वजनिक सम्पति नै हुनुपर्ने अडान दोहो¥याएको छ । ‘हामीले त्यहाँका जनतालाई पटक पटक भन्दै आएको बिषय के हो भने उक्त जग्गा पुरै नै सार्वजनिक सम्पतिको रुपमा राख्नुपर्छ दलालहरुलाई बाँडफाँड गरेर दोहन गर्न दिइनु हुदैन भन्ने हाम्रो पुरानै अडान हो कुनै पनि बिचौलियाको योजनामा नफस्न स्थानीय सरोकारवाला लाई हामीले आग्रह गछौ – पार्टीले धारणा प्रति स्रोतले भन्यो – जग्गा सार्वजनिक रुपमा राख्ने स्थानीय बासिन्दासंग हामी सहकार्य गर्नेछौ । उनीहरुको आन्दोलन प्रति हामी एैक्यबद्धता जनाउन आतुर छौ ।’
स्थानीयले दशकौ देखि संरक्षण गर्दै आएको विवादित उक्त जग्गाको क्षेत्रफल ८ बिघा १२ कटठा २ धुर रहेको छ ।