राष्ट्रिय नाचघरमा रक्तिम र सामना सांस्कृतिक परिवारले वृहत् जनसांस्कृतिक कार्यक्रम गर्दै

राष्ट्रिय नाचघरमा रक्तिम र सामना सांस्कृतिक परिवारले वृहत् जनसांस्कृतिक कार्यक्रम गर्दै

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. प्रदेशको आयोजनामा भोलि (भदौं २० गते, शुक्रबार) दिउसो २ बजे जमलस्थित राष्ट्रिय नाचघरमा वृहत् जनसांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनसँगै स्थापित चर्चित रक्तिम र सामना सांस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा जनवादी कालाकारहरु जीवन शर्मा, नारायण शर्मा, असल पाख्रिन, अनिस योञ्जन लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति दिने बताइएको छ । कार्यक्रममा दशवर्षे जनयुद्धले जन्माएका र पछिल्लो समयका एकदमै चर्चित हास्य कलाकार सुवोध गौतमले पनि प्रस्तुति दिने आयोजकहरुले बताएका छन् ।

जनवादी कलाकारहरुले क्रान्तिकारी उत्साह र उर्जा पैदा गर्ने र निरन्तर क्रान्तिको पक्षमा गीत संगीतको माध्यमबाट आम क्रान्तिकारी पंक्तिलाई उत्प्रेरित गर्दै आएका छन् ।