सौन्दर्य शास्त्रमा माक्र्सवादी कला

सौन्दर्य शास्त्रमा माक्र्सवादी कला

 

 

 

सौन्दर्यशास्त्रमा कला भनेको जगतमा भएको सबै चीजको उत्पत्ति गर्ने सिर्जना हो । या कुनै चीज तयार हामी जे देख्छौ, जे हेर्छौं र जे गर्छौं त्यसलाई फुलबुट्टा भरी सिर्जना गर्ने हो । कलालाई प्रयोग गर्दा वा रचनामा कला प्रयोग गर्दा समाजलाई सोच्न बाध्य पारोस् र मनलाई विचार गर्न जागृत गरोस् या व्यक्तिमा उथलपुथल आओस् यस्ता कलाले सौन्दर्यशास्त्रको साहित्यमा इतिहास बनाउँछ ।

कलाको उत्पत्ति चालिस हजार वर्ष पहिले उत्तरवर्र्ती युगमा भएको पाइन्छ । भौतिक जीवन मान्छेको चेतनाले निर्धारण गर्छ र अस्तित्वले निर्धारण गर्छ । समाज विकास सँगसँगै उत्पादन र उत्पादन शक्तिको आवश्यक परेपछि आगो कसरी निकाल्न, हतियार कसरी बनाउने र कसरी प्रयोग गर्ने भन्ने कुरा ढुंगाढुंगा बजाई आगो निकाले र ढुंगालाई हतियार बनाइएको कलाहरु प्रयोग गरेको इतिहास पढेका छौं । मान्छे प्रकृतिको उत्पादन हो । मान्छेले उत्पादन गर्ने या सिर्जना गर्ने या कलाको प्रयोग गर्ने व्यवहारिक पक्ष हो । सामाजिक अस्तित्व रुपी उत्पादन सम्बन्ध र कला रुपी चेतनाले निर्माण गर्दछ । त्यसैले कला रुपी पनि विचारधारा कै एउटा रुप हो । कलाको पनि स्वायत्त सत्ता हुँदैन । तर पनि इतिहास बनाउन, इतिहास बनाउँछौं त्यसको लागि कलाले निर्णायक रुपमा नभए पनि केही हदसम्म भूमिका निर्वाह गर्दछन् ।

समाजमा कला साहित्य पनि वर्गीय हुन्छ । त्यसैले माक्र्स र एंगेल्सले भनेका छन्–संसार बदल्ने आवश्यक बोधसँगै क्रियाशील रहँदा कला, साहित्य, वर्गबोध र वर्गचरित्रबाट अलग सकिंदैन । विचारधारामा कला एउटा महत्वपूर्ण तत्व होर महत्वपूर्ण भूमिका पनि हुन्छ । दर्शन र राजनीति झैं विशुद्ध विचारधारा त होइन र यसले इन्द्रीयबोध भावहरुले विचारको उपस्थिति जनाउन सक्छ ।कलालाई पनि तीन भूमिकाको संज्ञात्मक, विचारधारात्मक सौन्दर्यात्मक भूमिका हुने कुराप्रति माक्र्सवादी कला चिन्तन, स्पष्ट छ, संज्ञानात्मक भावले यथार्थबोध गराउने कला हो, विचारधारात्मक भन्नाले माक्र्सवादी दर्शन बोध गराउने कला हो र सौन्दर्यात्मक भन्नाले कुरुपलाई सुन्दर बनाउने कला हो ।

माओको भनाई अनुसार नयाँ रुढीगत कला रौली र मतवाद सजीव र तीव्र छैन, निर्जीव र अचल हुन, क्रान्तिकारी छैन, क्रान्तिको मार्गमा बाधक छन्, प्रगतिशील छैन, परन्तु, प्रतिगामी हुन् । भनाईको मतलव रुढीगत कलाले चार मई आन्दोलनको स्वरुपको एक प्रतिक्रिया हो भनेका छन् । चार महईको आन्दोलनको पनि आफ्पनै केही केही कमजोरीहरु पनि छन् । यो संघर्ष पनि एक महान् उपलब्धी कलामा भएको छ । वास्तवमा क्रान्ति गर्ने भनेको आम जनताको आवश्यकता हो । जनतालाई क्रान्तिकारी काममा अघि नबढाईकन क्रान्ति सफल हुन सक्दैन। त्यसैले जनतालाई बुझाउन, सिकाउन जनताको भाषामा गाउँको भाषामा बोल्ने, लेख्ने छोटो मिठो हुनुपर्छ । लामा लामा भाषण लेख्ने बन्द गर्नुपर्छ भन्ने भनाई माओको छ ।
सबै ज्ञान जनताबाटै सिक्न सकिन्छ । त्यस्तैै सबै कला सिक्न सकिन्छ । जनता माझ जानु भनेको हो भने क्रान्तिकारी भई डुल्नु होइन । क्रान्तिको तयारीको लागि जाने हो । कलाका प्रयोगगरी सक्ने हो । यहीबाट माक्र्सवादी कला सिक्न सकिन्छ ।

नेपाली कलाको इतिहास नेपाली संस्कृति जतिकै पुरानो छ । लिच्छविकाललाई कलाको स्वर्णीम कलाको रुप लिने गरिन्छ । त्यसकालका अद्वितीय कलाकृतिहरुको उत्कृष्टताको आधारले नेपाली कलाकृतिको अझै पुरानो हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । नेपाली संस्कृति, नेपाली सभ्यता जति नै पुरानो छ । त्यति नै कला पनि पुरानो छ । कलाकलाको लागि मात्र नभएर मान जीवनको लागि समेत अपरिहार्य तत्व हो । कला अध्यात्मक मात्र होइन व्यवहारका महत्वपूर्ण पनि हो । नेपाली कलाको विकासक्रममा विभिन्न चरण पार गरी आएको छ । जस्तै बुट्टा कुद्ने, रंगरोगन गर्ने, पाण्डुलिपिका चित्र कोर्ने, पौवा चित्र हुँदै छायाचित्र बनाउनेसम्मका कलाले उत्कर्षमा पुगेको देखिन्छ । विस्तारै विस्तारै कला क्षेत्रमा पनि पश्चिमेली कला जस्तै प्रभाववाद, अभिव्यक्तिवाद, अमूर्तवाद तथा अति यथार्थतावाद शैलीहरुको प्रवृत्ति देखा पर्न थाल्यो । यीहरुको विरोधमा नेपाली कलामा बाह्य वस्तु तथा घटनाक्रमहरुलाई भन्दा आफूभित्रको भाव प्रकट गर्ने तिर अभ्यस्त हुन थालेको छ ।

कलाको विकासमा सिन्धुघाटी सभ्यतामा विकास भएको कला विविध आयम अहिलेसम्म लिखित दस्तावेज पाइएको छैन । नेपालमा कलाकै सन्दर्भमा केन्द्रित रही २००८–२००९ सालमा सत्य मोहन जोशीले कलाकार त्रैमासिक पत्रिका नेवारीमा र नेपालीमा प्रकाशितले चित्रकला, मुर्तिकला, वस्तुकला, संगित तथा साहित्यिक महत्व दिएका थिए । त्यसैले नेपाली कला आफ्नो परम्परा साथसाथै विश्वमा जन्मेका कला नविनतम प्रचलनमा छन् र विगतबाट सिकी, वर्तमानलाई आत्मसाथ गरी आफ्नै मौलिकताको आवाजलाई सुनी आफ्नै दृष्टिपरक भाष्यमा आफूलाई अभिव्यक्त गर्ने माक्र्सवादी कलाको नेपालमा अपनाउँदै आएका छन् ।

२०००७ सालको आन्दोलनबाट सिकेका कला, २०२८ सालको आन्दोलनका कलाहरु, ०४६–४७ का आन्दोलन कलाहरु या ०५२ सालको आन्दोलनकाहरुमा धेरै माक्र्सवादी साहित्य कलाहरु जन्मे । ती कलाका प्रख्यात व्यक्तित्वहरु कोही प्रतिक्रियावादीतिर ढल्के । कोही अवसरवादीतिर, कोही संशोधनवादीतिर ढल्ेक तर यी व्यक्ति कलाका आलेख चाहिं क्रान्तिका लागि क्रान्तिकारी चाही बनेका छन् । ती आन्दोलनबाट कला जन्मेका क्रान्तिकारी धारमा उभिएका क्रान्तिकारी आलेखहरु अहिलेसम्म क्रान्तिकारी धारमै लेखेका छन् र लेख्दै पनि छन् ती क्रान्तिकारीहरुलाई लाल सलाम टक्र्याउँछु ।