दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले घोराही उपमहानगरपालिकालाई २८ बुँदे ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल घोराही नगर समितिले घोराही उपमहानगरपालिका कार्यालय पुगेर नगर भित्र तत्काल गर्नुपर्ने दिर्घकालिन योजना सिमेन्ट उद्योगले नागरिकको स्वास्थमा पारेको वातावरणीय प्रभाव , भारतीय फलफूल तथा तरकारी अत्याधिक बिषादी प्रयोग,त्यसको गुणस्तरीयता , घोराहीमा पर्यटनको बिकाश , घरेलु उद्योगका बिषयमा , शिक्षा ,स्वास्थ्य प्रति पालिकाको कमजोरी पक्ष , स्थानीय मुद्दाका साथै तुलसीपुर घोराही सडक टरिगाउ एयरपोर्ट लगायतका बिषयमा ज्ञापनपत्र बुझाइएको हो ।
पार्टीका केन्द्रीय सदस्य नवीन खडका ,दिपक बिष्ट , जिल्ला सचिब इश्वरी प्रसाद गैरे , क्रान्तिकारी युवा संघ अध्यक्ष बिरेन्द्र,गोपाल बैद्द, ईश्वरीप्रसाद पाण्डे, बामदेब पोख्रेल ,रमेश महर , हिमाल डि।सि।, गोबिन्द रसायली, गगन खडका, पूर्ण बहादुर खडका ,बिष्णु प्रसाद पोख्रेल, बालाराम कालाथोकी , हुपमान राना , उदय भण्डारी , लगायत नेता तथा कार्यकर्ताहरुको प्रतिनिधि मण्डलले नगर प्रमुखलाई ज्ञापन – पत्र बुझाएको हो ।
२०८२ भाद्र १३ गते घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका घोराही नगर ईन्चार्ज अमर पोख्रेलले ज्ञापन पत्र हस्तान्त्रण गर्नु भएको थियो । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख नरुलाल चौधरीले यो ज्ञापनपत्र मात्रै नभई घोराही उपमहानगरपालिकाको बिकाश, निर्माणकार्यका लागि दस्तावेजका रुपमा ग्रहण गर्ने , स्थानीय स्तरबाट हल गर्न सकिने कुराहरू पुरागर्न पालिका लागिरहने , प्रदेश तथा संघिय योजनाका लागि माथिल्लो निकायसङ्ग निरन्तर समन्वयन गरिने प्रतिबद्धता ब्यक्त गर्दै सकारात्मक कार्यका लागि सधैं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सङ्ग सहकार्य गर्दै अगाडि बढने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।







































