(प्यालेस्टाइनको नाममा ––)२
भोकले तड्पेर बच्चा मर्ने ठाममा
एउटा चिठ्ठी लैजाऊ है चरी !
मान्छे भोकै मरिरहेछन्
म नबोलौं कसरी ?
हाहाकार छ चित्कार छ
मुख नखोलौं कसरी ?
मानवता शङ्कटग्रस्त
बनिरहेको देखेर
लेखिरहेछु एउटा चिठ्ठी
आँसुको मसीले लेखेर
एउटा चिठ्ठी …..!
छैनन् सुरक्षित विद्यालय,
छैनन् सुरक्षित अस्पताल पनि
झम्टिरहेछ पराईले
सिनो भेटेको गिद्द बनी
सिधा सिधा डकैती छ
सिधा सिधा छ नरसंहार
संसारभरले चिनेको छ
रगत लतपत त्यो अनुहार ।
एउटा चिठ्ठी…… !
वर्षिरहेछ आकासबाट
मृत्यु निरन्तर जतातता
धरती समेत छैन सुरक्षित
विचराहरू ती जाउन कता
गोली छल्दै भाग्दा दिनमा
भोकै सुत्दा पनि रातीमा
तैपनि बाँच्ने जीजिविषा
अझै सुरक्षित छ छात्तीमा
एउटा चिठ्ठी……!
तिम्रो चर्को चित्कारले
पग्लिरहेछन् पत्थरहरू
भत्किरहेछ मनको बाँध
सल्किरहेछन पत्करहरू
प्यालेस्टाइन स्वतन्त्रताको
उठिरहेछ इन्कलाव !
प्यालेस्टाइन जिन्दावाद !
प्यालेस्टाइन जिन्दावाद !
एउटा चिठ्ठी ……!
उठ अमेरिका दक्षिण उत्तर
उठ युरोप र अस्ट्रेलिया
उठ एसिया उठ अफ्रिका
उठ ए मानिस विश्वभरिका
न्याय, स्वतन्त्रता, समानताको
परचम लहराउँदै उठ !
‘उठ भोका नाङ्गा दुःखी’को
सरगम गुनगुनाउदै उठ !
एउटा चिठ्ठी ……. !
२०८२ श्रावण २१, सिनामंगल






























