८ साउन, काठमाडौं । क्रान्तिकारी युवा संघ नेपालको राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा ‘महंगी, भ्रष्टाचार, कुशासन, बेथिति, अन्याय–अत्याचारका विरुद्धको खबरदारी मोटरसाइकल ¥याली’ सम्पन्न गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेलले उद्घाटन गर्नुभएको ¥याली कुपण्डोलबाट सुरु भई जावलाखेल, लगनखेल, सातदोबाटो, बल्खु, कालिमाटी, ढल्कु, स्वयम्भू, बनस्थली, बालाजु बसपार्क, महाराजगञ्ज, चावहिल हुँदै सिफलमा पुगेर सम्पन्न भएको छ ।

सिफलमा सम्पन्न युवा ¥यालीलाई पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन, पार्टीका ९ नं. ब्यूरोका दिनेश शर्मा सागर र युवाका संयाजक सूर्य तिमल्सिनाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने युवाका कार्यालय सदस्य असल वाइवाले गर्नुभएको थियो ।

उता ¥याली उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले जनगणतन्त्रका लागि संघर्ष अपरिहार्य रहेको बताउनु भएको छ । उहाँले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र मात्रै भएकोले यसले देशेको विकास गर्न नसक्ने उहाँले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ ।” आफूहरु बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उहाँको भनाइ थियो ।

‘नेपाली कांग्रेसको एजेण्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिंडिरहेका छन् । अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लाकेतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभिष्ट हो,’ उहाँले भन्नुभयो, ‘यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन् ।’ कार्यवाहक महासचिव गजुरेलले प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन नसकेको स्पष्ट पार्नुभयो ।

































