पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस कार्यक्रम सम्पन्न

पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस कार्यक्रम सम्पन्न

समाचार

पोखरा, ७ साउन ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७आंै स्मृति दिवस एक कार्यक्रमका साथ मनाइएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर व्युरोको आयोजनामा भएको सो कार्यक्रममा पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनमा पु¥याउनुभएको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य रामजी थापाले पुष्पलाल श्रेष्ठको योगदानको बारेमा बोल्नु भएको थियो । उक्त कार्यक्रममा आयोजक पार्टीका बैकल्पिक पोलिट्ब्युरो सदस्यसमेत रहेका ब्युरो सचिव नारायण अधिकारी, पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य पूर्ण ढुंगाना तथा वामबुद्धिजीबी एवम् साहित्यकार नारायण परिश्रमीले पुष्पलालको वैचारिक योगदानको बारेमा चर्चा गरेका थिए । श्रेष्ठप्रति एक मिनेट मौनधारण गरि श्रद्धाञजली व्यक्त गरेर शुरु भएको कार्यक्रममा सङ्गम सांस्कृतिक मन्चका सचिव विकास लुङ्घेलीले श्रद्धाञ्जली गीत प्रस्तुत गरेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सेक्रेटरी बिक्रम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन जिल्ला सचिवालय सदस्य दिपक गुरुङ र स्वागत जिल्ला सदस्य राम पुनको रहेको थियो ।