क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङको ज्ञापन पत्र तुलसीपुर उपमहानगरपालिकालाई

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङको ज्ञापन पत्र तुलसीपुर उपमहानगरपालिकालाई

दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङले तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खडकालाई स्थानीय समस्या तथा समाधानका उपाय तथा तत्काल गर्नुपर्ने कामप्रति ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएकाे छ ।
तुलसीपुर उपमहानगरपालिका नगर सेक्रेटरी मन बहादुर वलीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएकाे हाे ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य हिरामणी दु:खी, केन्द्रीय सदस्य शसिराम बुढाथोकी , जिल्ला सेक्रेटरी इश्वरी प्रसाद गैरे , जिल्ला सचिवालय सदस्य तथा तुलसीपुर नगर इञ्चार्ज हुपमान राना , जिल्ला सदस्य नन्दराम रोका लगायतका स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रह्यो । तुलसीपुर नगर उपमहानगरपालिका भित्रका सडक, कुलोनहर ,कृषि, शिक्षा, स्वास्थ, पर्यटन ,संस्कृति बढदो शहरीकरण समस्याबारे नगर सेक्रेटरीले जानकारी गराउनु भएको थियो ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख टिकाराम खडकाले ज्ञापनपत्रमा उल्लेख भएका कुराहरु सकारात्मकरुपमा ग्रहण गर्दै संघ ,प्रदेश स्थानीय निकाय तीन सरकारबाट तुलसीपुरमा बजेट ब्यबस्थापन हुने र प्रदेशको बजेटमा हामीलाई थाहै नहुने प्रदेशबाट सिधै योजना सम्पन्न हुने भएकोले हाम्रो निगरानी अलि कम हुने भएको र काम कमसेकम खाले हुने र जनताले स्थानीय तहमा गुनासो हामीले सुन्नुपरेको बताउनु भयो ।
ज्ञापनपत्रमा उठाइएका विकासका बिषयबस्तुमा परेका र बजेट ब्यबस्थापन गर्ने र निर्माण कार्यमा निरिक्षण अनुगमन गरिएको कुरा राख्दै तपाईहरु समेतको सहयोगको अपेक्षा गर्दछु भन्नुभएको थियो