तलवमान निर्धारणमा संसदवादी ट्रेड युनियनहरुले वर्गीय आत्मसमर्पणकारी चरित्र प्रदर्शन गरेको आरोप

तलवमान निर्धारणमा संसदवादी ट्रेड युनियनहरुले वर्गीय आत्मसमर्पणकारी चरित्र प्रदर्शन गरेको आरोप

काठमाडौं । क्रान्तिकारी ट्रेड युनियन महासंघले श्रावण १ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको नेपाली श्रम बजारमा कार्यरत मजदुरहरुको तलबमानबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । महासंघका संयोजक इश्वर तिमिल्सिनाले एक वक्तव्य जारी गर्दै महासंघको धारणा सार्वजनिक सार्वजनिक गरेका हुन् ।

वक्तव्यमा मजदुरहरुका पेशागत तथा राजनीतिक मागहरुलाई निस्तेज बनाउन गरिएको कोशिस र त्यसमा सदवादी ट्रेड युनियनहरुको वर्गीय आत्मसमर्पणवादी चरित्र प्रदर्शनको विरोध गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “१– सरकारले निर्धारण गरेको तलवमानले मजदुरवर्गमाथी पुँजीपतीवर्गद्वारा भईरहेको श्रम शोषणको निरन्तरताको कडि भएको छ । क्रान्तिकारी आन्दोलनको उच्च स्तरको दबाब बिना सरकार र पुँजीपतीहरुका बिचमा बन्द कोठाभित्र रोदन गर्ने ट्रेड युनियनवादी प्रवृत्ति भएको कथित त्रिपक्षिय समितिद्वारा वार्ताका नाममा गरिने याचना मार्फत मजदुरहरुको कष्टकर जीवनमा कुनै परिवर्तन सम्भव हुदैन भन्ने हाम्रा पुर्ववत निष्कर्ष नै सहि सावित भएको प्रष्ट छ।

२–यथास्थितिवादी ट्रेड युनियनहरुले साम्राज्यवादी एवं दलाल पुँजीपतीवर्गको प्रभाव र उनिहरुको नवउदारवादी नीति अनुरुप मजदुर आन्दोलनलाई नियन्त्रण गर्न अगाडि बढाएको कथित संयुक्त ट्रेड युनियन समन्वय केन्द्र  मार्फत मजदुरहरुका पेशागत तथा राजनीतिक मागहरुलाई निस्तेज बनाउन जुन कोशिश गरेका छन त्यसको परिणाम स्वरुप कथित त्रिपक्षिय समझदारीमा आएको भनिएको बर्तमान तलवमान निर्धारणमा संसदवादी ट्रेड युनियनहरुको वर्गीय आत्मसमर्पणकारी चरित्र समेत जिम्मेवार छ भन्ने कुरा बुझ्न आवस्यक छ।

३– हाम्रो संगठन क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल लगायत कतिपय मजदुर पक्षिय ट्रेड युनियनहरुले विद्यमान तलवर ज्यालामा सत प्रतिशत ((१००५) वृद्धि गरेर मात्रै आजको मुद्रास्फीति, बजार मुल्य, अन्तर्राष्ट्रिय श्रम बजारसँग संगति र सामान्य जीवन धान्न सम्भव हुन्छ भन्ने माग सहि रहेको छ र त्यसका लागि मजदुरहरुको क्रान्तिकारी आन्दोलन संगठित गर्न जोड गर्नु आवस्यक रहेको छ।

४– नव उदारवादी सिद्धान्त र व्यवस्थाको सारतत्व भएको तर समाजवादको खोल ओढेर जनसमुदायको जनवादी(समाजवादी आकांक्षामाथि धोकाधडी गरिरहेका कथित वाम नेतृत्वको सरकारले दलाल तथा नोकरशाही पुँजीपतीवर्गको हितमा मजदुरहरुको श्रमको शोषण, दोहनमा योगदान गरेर प्रतिक्रियावादी चरित्र प्रदर्शन गरिरहेको अवस्थामा सरकारको भण्डाफोर गर्दै मजदुरहरुका बिचमा अभियान अगाडि बढाउन जरुरी भएको छ।

५– यस सन्दर्भमा हाम्रो संगठन मजदुरहरुको तलबरज्यालामा १००५ वृद्धिको मागलाई दीर्घकालिन कार्यक्रम र मजदुर सरोकारका मुद्दाहरू एवं घोषित तलब र ज्याला सम्बधमा ब्यबहारिक स्थिति के छरु त्यसबारे स्थलगत अध्ययन र अनुगमन गर्दै मजदुरहरुका बिचमा सम्बन्ध सुदृढ गरी आन्दोलनको विकास गर्ने तर्फ केन्द्रीत हुन हार्दिक अपील गर्दछौं ।”