क्रान्तिकारी युवा संघ नेपालको राष्ट्रिय भेला सम्पन्न, सूर्य तिमिल्सिना संयोजक र दोर्ची शेर्पा सहसंयोजक रहेको ३९ सदस्सीय सम्मेलन आयोजक कमिटि निर्वाचित

क्रान्तिकारी युवा संघ नेपालको राष्ट्रिय भेला सम्पन्न, सूर्य तिमिल्सिना संयोजक र दोर्ची शेर्पा सहसंयोजक रहेको ३९ सदस्सीय सम्मेलन आयोजक कमिटि निर्वाचित

काठमाडौं । कातिकारी युवा संघ नेपालको राष्ट्रिय भेला असार ७ र ८ गते ललितपुरको कुपन्डोलमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको राष्ट्रिय भेलाले सूर्य तिमिल्सिना संयोजक र दोर्ची शेर्पा सहसंयोजक रहेको ३९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटि निर्वाचित गरेको छ । उद्घाट र बन्द गरी दुई सत्रमा सम्पन्न राष्ट्रिय भेलाको उद्घाटन सत्रको अध्यक्षता सूर्य तिमिल्सिनाले गर्नुभएको थियो भने सञ्चालन दोर्ची शेर्पाले गर्नुभएको थियो ।


प्रमुख अतिथि गौरवले मैनवत्ति बालेर उद्घाटन गरिएको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा कार्यवाहक महासचिव गौरव, स्थायी समिति सदस्य रामसिंह श्रीसले शुभकामना मन्तव्य राख्नु भएको थियो । स्वागत मन्तव्य भने संगीन भिउ थापाले राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रम सम्पन्न भएलगत्तै बन्द सत्रमा परिणत भएको राष्ट्रिय भेलाको बन्दसत्रका लागि सूर्य तिमल्सिना, असल वाइवा र संगीन भिउ थापा रहेको तीन सदस्यीय अध्यक्ष मण्डल बनाइयो । बन्द सत्रमा सूर्य तिमल्सिनाले प्रतिवेदन र दोर्ची शेर्पाले अन्तरिम विधान प्रस्तुत गर्नुभएको थियो । छलफलपछि हलबाट प्राप्त सुझावहरुलाई समेट्ने गरी प्रतिवेदन र अन्तरिम विधान बन्द सत्रले पारित ग¥यो ।


त्यसपछि बन्द सत्रले ३९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटि निर्वाचित ग¥यो । राष्ट्रिय सम्मेलन आयोजक समितिको पहिलो बैठक जेष्ठ सदस्य राजेन्द्र न्यौपानेको अध्यक्षतामा बस्यो । उक्त बैठकले संगठनको संयोजकमा सूर्य तिमल्सिना र सहसंयोजकमा दोर्ची शेर्पालाई निर्वाचित ग¥यो ।


बैठकले सूर्य तिमल्सिना, दोर्ची शेर्पा, असल वाइवा, संगिन भिउ थापा रहेको पाँच सदस्सीय सचिवालयको पनि गठन गरेको छ । राष्ट्रिय भेलाद्वारा नवनिर्वाचित सम्मेलन आयोजक समितिलाई पार्टीका कार्यवाहक महासचिव गौरव र स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रशिक्षणात्मक मन्तव्यसहित बधाई दिनुभयो । संगठनका कतिपय आवश्यक बाँकी निर्णय सचिवालयले गर्ने गरी भेला समापन भएको घोषणा गरियो ।