न्यायपालिकाले जनतालाई न्याय दिन सकेन : स्थायी समिति सदस्य नेपाली

न्यायपालिकाले जनतालाई न्याय दिन सकेन : स्थायी समिति सदस्य नेपाली

भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड

रुपन्देही – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुर नेपालीले न्यायपालिकाले जनतालाई न्याय दिन नसकेको बताउनुभएको छ ।
बिहीवार बुटवलमा आयोजित भ्रष्टाचार बिरोधी अभियानको उद्घाटन गर्दै उहाँले अख्तियारले आफ्नो विधि बिधान रहेर काम गर्न नसक्दाँ भष्ट्राचार दिन दुगुना रात चौगुना बढेको बताउनुभयो । नेता नेपालीले भन्नुभयो – “आज ज्युदों मान्छे जलाउनेहरु निर्धक्क रुपमा हिड्ेका छन् । युबा बिद्यार्थी बिदेश पालायन डरलाग्दो छ । संसदमा सत्ता पक्ष र प्रतिपक्ष भ्रष्टलाई जोगाउन एकजुट छन् ।” उहाँले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो ।
बुटवल बसपार्कमा आयोजित उक्त कार्यक्रमको संचालन बिक्रम नेपालीले गर्नुभएको थियो । अध्यक्षता पार्टीका केन्द्रीय सदस्य दयाराम खनालको रहेको थियो ।
कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका सचीव नारायण शर्मा र अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य मनोज थापा लगायतको आतिथ्यता रहेको थियो ।