क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १३ नं ब्यूरोको प्रशिक्षण र बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १३ नं ब्यूरोको प्रशिक्षण र बैठक सम्पन्न

सिरहा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १३ नंं. ब्यूरोको प्रशिक्षण र बैठक जेठ २९ र ३० मा सम्पन्न भएको छ । प्रशिक्षण तथा बैठक पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसको प्रमुख आतिथ्यतामा सिरहा जिल्लाको गोलबजारमा सम्पन्न भएको हो ।

पार्टीका पीवीएम तथा ब्यूरो इन्चार्ज रमेशको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा स्थायी समिति सदस्य रामसिंह श्रीसले पोलिट ब्यूरो र स्थायी समितिको बैठकले लिएका निर्णयहरु र त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा ब्यूरो इन्चार्ज रमेशले ब्यूरोका समस्या र कार्य योजनाहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

जेष्ठ ३० गते १३ नंं ब्यूरोको बैठक ब्यूरो सेक्रेटरी विश्वासको अध्यक्षतामा बस्यो । बैठकले तत्काल जिल्लाहरुको बैठक बस्ने योजना बनाएको छ । साथै ०८२ सालको असार ५ गते भ्रष्टाचार विरोधी अभियान प्रारम्भ भएको जानकारी सर्लाही जिल्लामा गर्ने निर्णय बैठकले गरेको छ ।