१५ नं. ब्यूरोको प्रशिक्षण र बैठक सम्पन्न

१५ नं. ब्यूरोको प्रशिक्षण र बैठक सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १५ नं. ब्यूरोको प्रशिक्षण र बैठक सम्पन्न भएको छ । पार्टीका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेपालीले पार्टीका सम्पन्न पोलिटब्यूृरो र स्थायी समितिका बैठकका निर्णयहरुका साथै पार्टीको राजनीतिक कार्यदिशा, विधान र सांगठानिक नियमावलीका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

पार्टीका ब्यूरो सचिव विवेकको अध्यक्षता, बलदेवको सञ्चालन र पारसको स्वागतमा सम्पन्न कार्यक्रममा ब्युरो इन्चार्ज सरलले पनि प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।