क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा भ्रष्टाचार बिरुद्व अभियान तयारी

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा भ्रष्टाचार बिरुद्व अभियान तयारी

अभियान बारे जानकारी दिन परासीमा पत्रकार भेटघाट र उद्घाटन कार्यक्रम

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले भ्रष्टाचार विरुद्ध अभियानको तयारी गरेको छ ।
स्थानीय सरकारका साथै सरकारी कार्यालय र सामाजिक संघसंस्थामा भएका भष्ट्रचारको सुक्ष्म अध्ययन अनुसन्धान गर्दै अभियानलाई तीब्र बनाउने क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला समिति नवलपरासीले जनाएको छ ।
उक्त अभियान बारे जानकारी दिनको लागि असार ५ गते सदरमुकाम परासीमा पत्रकार भेटघाट र उद्घाटन कार्यक्रम हुने पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिनुभयो । अभियानको पूर्व तयारी स्वरुप पार्टीका आन्तरिक कामहरु जारी रहेको थापाको भनाई छ ।
पार्टीको जिल्ला समितिको बैठकले जनताका मुद्धा हेर्नका लागि न्यायिक समिति गठन गरेसंगै भष्ट्राचारका मुद्धाहरु समेत पार्टीका आउने क्रम जारी रहेकोले अभियानलाई तीब्र बनाउने तयारी भइरहेको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी गराउनुभयो । ‘अभियान पूर्व तयारी स्वरुप पालिका समितिका बैठक तथा प्रशिक्षण भईरहेको छ, सरकारी कार्यालयहरुमा जनताका काममा भएका ढिलासुस्ती , आर्थिक अनियमितता देखि कमिशन खोरी सम्मका घटनाहरु आइरहेका छन्’ – उहाँले भन्नुभयो– ‘त्यस्ता हर्कतहरुको बिरुद्ध जनतालाई सचेत गराउने , भण्डाफोर गर्ने र जनतालाई साथ लिएर संर्घष उठान गर्दै जाने पार्टी नीति अनुसार काम भइरहेको छ ।’
भ्रष्टाचार विरुद्ध अभियानको अभियान तीन चरणमा संचालन हुने उहाँको भनाई थियो । ‘पहिलो चरणमा भष्ट्राचार बिरुद्ध रहेको जनमत तयार गर्छाै , दोस्रो चरणमा भण्डाफोर गर्छाै र तेस्रो चरणमा जनतालाई साथ लिएर भष्ट्राचारीको प्रतिरोध गर्छाै ‘ –उहाँले भन्नुभयो ।
तर, कस्तो किसिमको प्रतिरोध हो भन्ने बारे उहाँले खुलाउन चाहनुभएन् ।