क्रान्तिकारी महिला संगठन नेपालले राष्ट्रिय सम्मेलन गर्ने

क्रान्तिकारी महिला संगठन नेपालले राष्ट्रिय सम्मेलन गर्ने

काठमाण्डौ । क्रान्तिकारी महिला संगठन नेपालले २०८२ साल फागुनमा राष्ट्रिय एकता सम्मेलन गर्ने निर्णय गरेको छ । भेलाले ७५ सदस्सीय राष्ट्रिय एकता सम्मेलन आयोजक समिति गठन गरेको छ । संगठनका संयोजक अम्बिका मुडवरीको अध्यक्षता र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको स्थायी समिति सदस्य असिमको विषेश आतिथ्यता तथा सूर्या थापाको आतिथ्यता ,सहसंयोजक शारदा महतको सञ्चालन र मनु वि.क.को स्वागतमा भेला सम्पन्न भएको हो । ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण पछि भेला अगाडि बढेको थियो । भेलामा विभिन्न जिल्लाबाट उपस्थित सदस्यहरुले सांगठनिक अवस्थाको बारेमा प्रतिवेदन पेश गर्नु भयो । भेलामा विषेश अतिथि असिमले भेलाको शुभकामना मन्तव्य व्यक्त गर्दै महिलाहरुमाथि उत्पीडन थोपरिरहेका दाइजो प्रथा, छाउपडी प्रथा जस्ता प्रथा र परम्पराको विरुद्धमा महिलाहरुले सचेत ढंगले सबैसंग जोडिँदै अभियान चलाउन सकिने बताउनु भयो र संगठन निर्माणमा लाग्न जोड दिनु भयो ।
उहाँले देशमा विकृति, विसंगति, भ्रष्टाचार मौलाएको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीे त्यसका विरुद्ध असारको ५ गतेदेखि देशव्यापी भ्रष्टाचार विरुद्ध अभियानमा लाग्ने कुरा बताउनु भयो ।आगामी २०८२ फागुन २४–२६ सम्म ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा आठ मार्चको दिन उद्घाटन गर्ने गरी राष्ट्रिय एकता सम्मेलन गर्ने निर्णय गरेको छ ।भेलाले देशव्यापी रुपमा सदस्यता वितरण गर्ने ,जिल्ला भेला तथा सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गर्नुका साथै राष्ट्रिय एकता सम्मेलन तयारीकोलागि  व्यवस्थापन समिति ,प्रचार प्रसार समिति, आर्थिक उपसमिति गठन गरेको छ । भेलाले संगठनको मुखपत्र प्रकाशन गर्ने निर्णय गर्नुका साथै व्यूरोहरुको गठन समेत गरेको छ । कार्यक्रममा महिला नेतृ सूर्याथापाले भेलाद्वारा गठित समितिलाई बधाइ दिँदै नेपालको  क्रान्तिकारी महिला आन्दोलनमा लाग्न सबैलाई अनुरोध गर्नु भयो ।