कुटपिट घटनाको विरोध जनाउँदै कारवाहीको माग

कुटपिट घटनाको विरोध जनाउँदै कारवाहीको माग

काठमाडौं, जेठ २३ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको गोरखा जिल्ला कमिटीले हिजो एक वक्तव्य जारी गर्दै कल्पना धिताललाई कुटपिट गरिएको विषयमा विरोध जनाएको छ । समाचारमा जनाइए अनुसार अजिरकोट गाउँपालिका ५ निवासी कल्पना धिताललाई आफूले काम गरेको ज्याला माग्न जाँदा सोही गाउँका इन्दिरा देवकोटा र उनका पति रामचन्द्र देवकोटाले ज्याला नदिएर उल्टै कुटपिट र लछारपछार गरेका थिए ।

इन्दिरा देवकोटा जिल्ला समन्वय समिति सदस्य हुन् भने उनका पति रामचन्द्र निवृत्त शिक्षक हुन् । जनप्रतिनिधि र शिक्षकबाटै काम गरेको ज्याला ठग्नु र माग्दा उल्टै कुटपिट गर्नु निन्दनीय घटना भएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनाएको छ । जिल्ला सेक्रेटरी रबिले वक्तव्य जारी गर्दै उक्त घटनाको निष्पक्ष छानविन गरिनुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।

प्रेस वक्तव्य
गोरखा जिल्ला अजिरकोट गाउँपालिका– ५ बाट जिसस सदस्यमा निर्वाचित इन्दिरा देवकोटा र उनका श्रीमान निबृत्त शिक्षक रामचन्द्र देवकोटाले सोही ठाउँकी ३५ वर्षीया कल्पना धिताललाई लछारपछार पार्दै कुटपिट गरेको घटनाप्रति हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गोरखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
काम गरेको ज्याला माग्न जाँदा देवकोटा दम्पतीले धिताल महिलामाथि कुटपिट र लछारपछार गरि गम्भीर घाइते बनाएको घटनाको निश्पक्ष छानबिन गरि पीडितको उपचारको व्यवस्था मिलाउन र जनप्रतिनिधिको निकृस्ट व्यवहारको निन्दा गर्दै पीडितलाई न्याय र कसुरवाला देवकोटा दम्पतीलाई हदैसम्मको कार्वाहीको लागि हाम्रो पार्टी जोडदार माग गर्दछ ।
क. रबि
जिल्ला सेक्रेटरी,
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, गोरखा
मितिः २०८२/०२/२२