महिलामाथि कुटपिट गर्नेमाथि हदैसम्मको कारबाही गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी गोरखाको जोडदार माग

महिलामाथि कुटपिट गर्नेमाथि हदैसम्मको कारबाही गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी गोरखाको जोडदार माग

गोरखा । गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ बाट जिसस सदस्यमा निर्वाचित इन्दिरा देवकोटा र उनका श्रीमान निबृत्त शिक्षक रामचन्द्र देवकोटाले सोही ठाउँकी ३५ वर्षीया कल्पना धिताललाई लछारपछार पार्दै कुटपिट गरेको घटनाको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गोरखाले वक्तव्य निकालेर विरोध गरेको छ । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै काम गरेको ज्याला माग्न जाँदा देवकोटा दम्पतीले धिताल महिला माथि कुटपिट र लछारपछार गरी गम्भीर घाइते बनाएको घटनाको निश्पक्ष छानबिन गरी पीडितको उपचारको ब्यवस्था मिलाउन र जनप्रतिनिधिको निकृस्ट व्यबहारको निन्दा गर्दै पिडितलाई न्याय र कसुरवाला देवकोटा दम्पतिलाई हदैसम्मको कार्वाहीको जोडदार माग गरिएको छ । वक्तव्य जिल्ला पार्टी सेक्रेटरी रविले जेठ २२ मा जारी गर्नुभएको हो ।