जनसम्बन्ध विस्तार अभियान सम्बन्धी अनुभूति –१ मा मैले हामीले अभियान चलाएका जिल्लाहरुको भौगोलिक अवस्थाको बारेमा संक्षिप्त अनुभूति प्रस्तुत गरेको थिए । यस अनुभूति २ मा जनताले कस्तो प्रतिक्रिया दिएर हमीले कस्तो उत्तर अथवा समस्याको समाधान कुन कु माध्यमबाट कसरी दियौं भन्ने विषयमा उल्लेख गर्न गइरहेको छु ।

हाम्रो अभियान टीमले पहाडको सात जिल्ला (पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, मकवानपुर र ललितपुर) र तराइको ६ जिल्ला (धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा ) गरी जम्मा १३ जिल्लामा अभियान संचालन ग¥यो । यी तेह्र जिल्लाहरुमा हामी जहाा जहाँ पुग्यौं त्यहाँ प्रायः एउटै प्रकारको अभिव्यक्तिहरु पायौं । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) प्रति जनताको आक्रोश पाइयो । ती पार्टीका समर्थक बाहेक अन्य आम सर्वसाधारण जनताले यी तीन पार्टीमा प्रमुख नेताहरुको नामै लिएर विरोध पनि गरेको पाइयो । यति हुँदा हुँदै पनि जनतामा सबै राजनैतिक पार्टीहरु उस्तै हुन् भनेर सबै राजनैतिक पार्टीहरुप्रति वितृष्णा र अविश्वासको भावना पाइयो । ०४६ साल पनि शासन सत्ता चलाएका तीन पार्टीहरु नेका, एमाले र माओवादी केन्द्रको राष्ट्रविरोधी, जनविरोधी क्रियाकलापले गर्दा पुनः राजावादीहरु तिर झुकाव बढेको पनि महशुस भयो । विरगंज साइडतिर यसप्रकारको झुकाव अलि बढी पाइयो । यी समस्याहरुको समाधान के हो त ? भन्ने विषयमा जनताहरुमा प्रष्ट धारणा पाइएन ।

हामीले पर्चा वितरण, भित्तेलेखन, जनभेटघाट, अन्तक्र्रिया, पत्रकार भेटघाट, कोणसभा र सभाहरु गरेर जनतामा रहेका भ्रमहरु चिर्ने र हाम्रो राष्ट्रिय एकता महाधिवेशनको राजनीतिक कार्यदिशा तथा कार्यक्रमहरुबारे जनतालाई जानकारी गराउने प्रयास गरियो । यसो गर्दा हाम्रो अभियान टिमले हजारौंको संख्यामा पर्चा वितरण ग¥यौं, सयौं ठाउँमा भित्तेलेखनहरु गरियो, एक स य बाइस ठाउँमा कोणसभाहरु गरियो । यी सबै माध्यमहरु प्रयोग गरेर हामीले हाम्रो विचारहरु यसप्रकार प्रक्षेपण ग¥यौं ।
पहिलो कुरा देशमा यसप्रकारको अवस्था आउनुमा राजनीतिक क्रान्ति नै भएको छैन । अब पनि क्रान्तिको आवश्यक छ भन्यौं । माक्र्सवादी दृष्टिकोण अनुसार क्रान्ति भनेको शासक वर्गको हातमा रहेको राज्यसत्ता ध्वस्त बनाएर क्रान्तिकारी वर्गको नयाँ राज्य सत्ता स्थापना गर्नु हो । राज्य मुख्य अंग भनेको सेना, प्रहरी, कर्मचारीतन्त्र, जेल, अदालत आदि हुन् । क्रान्ति भनेको पुरानो राज्यसत्ताको यी अंगहरुलाई विघटनत गरेर क्रान्तिकारीहरुले नयाँ राज्यसत्ता निर्माण गर्ने हो । जस्तो फ्रान्सको राज्य क्रान्ति हेरौं भने त्यहाँ लुइहरु गठन गरेको सेना, प्रहरी, कर्मचारीतन्त्र, अदालत सबै विघटन गरियो र नयाँ सेना, प्रहरी कर्मचारी र अदालतहरुको गठन गरियो । त्यसरी नै सन् १९९७ को रुसको समाजवादी क्रान्तिमा पनि जारको सेना, प्रहरी, कर्मचारीतन्त्र अदालत सबै विघटन गरिए र क्रान्तिकारीहरुको नयाँ सेना, प्रहरी, व्यूरोक्रेसी, अदालतहरु गठन गरिए । सन् १९४९ को चीनको नयाँ जनवादी क्रान्तिमा पनि यस्तै भएको थियो । फ्रान्समा सामन्तवर्गको हातमा रहेको राज्यसत्ता ध्वस्तपारेर नयाँ पुँजीपति वर्गको राज्यसत्ता निर्माण भएको थियो । रुसमा सामन्त र पुँजीपति वर्गको हातमा रहेको राज्यसत्तालाई ध्वस्त पारेर सर्वहारावर्गको राज्यसत्ता स्थापना गरिएको थियो । चीन्मा सामन्त, दलाल तथा नोकरशाह पुँजीपतिवर्गको हातमा रहेको राज्यसत्ता ध्वस्त पारेर मजदुर र किसान वर्गको नयाँ राज्यसत्ता स्थापना गरिएको थियो । तर नेपालमा त्यस्तो भएन । वि.सं २००७ सालमा राणाशासनको विरुद्ध संघर्ष गरियो । राणाहरुको पारिवारिक शासन सत्तालाई त समाप्त गरियो तर राणाहरुले तयार गरेको सेना, प्रहरी, कर्मचारीतन्त्र, अदालत आदि पुरानो सामन्ती राज्यसत्ता यथावत रहे त्यसलाई ध्वस्त पारिएन वा विघटन गरिएन । त्यसैलाई निरन्तरता दिइयो । त्यसैगरी वि.सं. ०४५÷०४६ को आन्दोलनले पंचायती व्यवस्थाको त अन्त ग¥यो तर पुरानो सामन्त, दलाल तथा नोकशाही पुँजीपतिवर्गको राज्यसत्ता यथावत रहे ।

राजाको सेना, प्रहरी, व्यूरोत्र्mयाट, अदालत आदि यथाथत रहे । त्यसरी नै १० वर्षे जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलनले राजतन्त्रको त अन्त्य ग¥यो तर पुरानो शासकवर्गले तयार पारेको राज्यसत्ता (सेना, प्रहरी, व्यूरोक्र्याट, अदालत आदि) यथावत रह्यो । क्रान्तिको लागि लडेको जनमुक्ति सेना विघटन गरियो । सारमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको राज्यसत्ता यथावत रह्यो । हुनुपर्ने त्यो पुरानो शासकवर्गको राज्यसत्तालाई विघटन गरेर मजदुर किसानको राज्यसत्ता स्थापना गर्नुपर्ने थियो त्यो हुन सकेन । त्यसैको परिणाम हो कि राजतन्त्रको अन्तपछि पनि नेपाली श्रमिक वर्ग मजदुर किसानको जीवनमा सकारात्मक परिवर्तन आएन यसै कुरालाई बुझाउने प्रयास गरियो ।

दोस्रो कुरा हामीले नेपालको श्रमिक जनता,मजदुर र किसानहरुको अवस्थामा सुधार ल्याउनका लागि नेपालमा पुनः राजनीतिक क्रान्तिको आवश्यक छ, दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको हातमा रहेको राज्यसत्तालाई ध्वस्त पारेर नेपाली मजदुर र किसानको राज्यसत्ता निर्माण गर्न आवश्यक छ भन्ने कुरा बुझाउने प्रयास गरियो । नेपालमा राजनीतिक क्रान्ति पूरा भयो अब आर्थिक क्रान्ति मात्र गर्न पर्दछ भन्ने राजनीतिक शक्ति र व्यक्तिहरुले जनतामा भ्रम मात्र पारेका छन् तिनीहरुले शोषकवर्गको पक्षपोषण गरिरहेका छन् भन्ने कुरा पनि प्रष्ट पार्ने प्रयत्न गरियो ।

तेस्रो कुरा देशलाई यो अवस्था पु¥याउने राजनीतिक शक्तिहरु भनेको राजा, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुन् । राजाले जनताका सबै जनतान्त्रिक अधिकारलाई खोसेर निरंकुश शासन चलाएर नेपाली समाजको गतिलाई अगाडि बढ्न नदिने काम ग¥यो । ०४६ सालपछि नेपाली कांग्रेस र एमाले यात सरकारमा रह्यो यात प्रमुख प्रतिपक्षीमा रह्यो । ०६३ सालपछि नेकपा (माओवादी) केन्द्र पनि या त सरकारमा छ या त प्रमुख प्रतिपक्षीमा छ । ०४६ सालपछि देशको शासन यी तीन पार्टीले आलोपालो गरेर चलाइरहेका छन् । यिनको पालामा राष्ट्रिय उद्योगधन्दाहरु समाप्त पारियो । भ्रष्टाचारलाई संस्थागत रुप दिइयो । असमान सन्धि सम्झौताहरु गरियो । देशमा बेरोजगारी बढ्यो, महंगी बढयो्, श्रमिक जनताको जीवन अत्यन्तै कष्टकर बन्दै गयो ।यसैको परिणाम जनतामा राजनीतिक पार्टीहरुप्रति वितृष्णा बढेर गयो । जनताको त्यो वितृष्णा, असन्तुष्टि र आक्रोशबाट राजावादीहरुले फाइदा लिन प्रयास गरिरहेका छन् भन्ने कुरा जनतामा सम्प्रेषण गर्ने काम भयो ।

चौथो कुरा यो प्रतिक्रियावादी संसदीय व्यवस्थाले नेपालमा श्रमिक जनता मुख्यतः मजदुर किसानहरुको समस्या समाधान गर्न सक्दैन । यसको विकल्प राजतन्त्र हुन सक्दैन । यो प्रतिक्रियावादी संसदीय व्यवस्थाको विकल्प भनेको यो वुर्जुवा गणतन्त्र भन्दा अझ उन्नत संघीय जनगणतन्त्र हो । यस व्यवस्थामा मजदुर र किसानहरुको हातमा राज्यसत्ता हुन्छ । मजदुर र किसानहरुको हातमा राज्यसत्ता भएको व्यवस्थाले मात्र मजदुर किसानहरुको हितमा काम गर्दछ भन्ने कुरा जनतालाई सुनायौं । साथै यो संघीय जनगणतन्त्रको खुडुकिलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशा नै नेपाली श्रमिक जनताको लागि सही बाटो हो भन्ने कुरा पनि भनियो ।

पाँचौं कुरा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) वास्तवमा कम्युनिस्ट पार्टी होइनन् भन्ने कुरा पनि भन्यौं । कम्युनिस्ट पार्टी भनेको सर्वहारावर्गको राजनीतिक पार्टी हो । कम्युनिस्ट पार्टीले सर्वहारावर्ग मजदुर किसान वर्गको हितमा काम गर्छ । नेपालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पटकपटक सरकारमा गएर शासन चलाएका छन् । सरकारमा नभएको बेला प्रमुख प्रतिपक्षको भूमिकामा रहेको बेला यी दुई पार्टीले मजुर र किसानको हितमा कुनै काम गरेनन् । उनीहरुले दलाल तथा नोकरशाही पुँजीपतिहरु, सामन्तहरु, भूमाफियाहरु, विचौलियाहरु, तस्करहरु कमिसनखोरहरुको हितमा काम गरे । त्यसैले तिनीहरु कम्युनिस्ट पार्टी होइनन् भन्ने कुरा पनि जनतामा सम्प्रेषण गरियो ।































