ओ संगी

ओ संगी

कविता

म त घाम टिप्न
निस्किएको मान्छे
जुन भेट्न हिडेको यात्री
आगोको पर्वाह छैन
खेलिरहन मन लाग्छ आगोसँग
ओ संगी ।

तुवाँलो लागेछ यात्रामा
वादलले ढाकेछ क्षितिजमा
खुलेकै छैन अझ्ै पनि
यात्रा अफ्ठ्यारो छ
भुर्इं कुहिरो माथि उठेपछि
अवश्य एक दिन पुगिन्छ
ओ संगी
मन किन दुखाउने
तन किन गलाउने
तोरी अझ्ै फुलेको छैन
क्षितिज अझ्ै खुलेको छैन
मौरीहरू अल्छि भएकाछन्
कमिलाहरू निरास भएकाछन्
झ्ुसिलकिराको के आशा गर्नु
विच्छी गोमन र खजुरा
टाउको उठाईरहेका छन्
अँध्यारोमा ।

गडेउलाको के विश्वास
अघिपछि सरी रहन्छ गँगटाजस्तै
ओ संगी
चुनौतिपूर्ण यात्रामा
रातो लाल्टिन नबिर्सनु
निम्न नदिनु है ।