प्रा.डा. ताराकान्त पाण्डेयको ‘माक्र्सवादी साहित्य र संस्कृति चिन्तन’ नामक पुस्तक विमोचित

प्रा.डा. ताराकान्त पाण्डेयको ‘माक्र्सवादी साहित्य र संस्कृति चिन्तन’ नामक पुस्तक विमोचित

काठमाडौं । इच्छुक स्मृति दिवसको सन्दर्भ पारेर मंगलबार मरणोपरान्त प्रा.डा. ताराकान्त पाण्डेयको ‘माक्र्सवादी साहित्य र संस्कृति चिन्तन’ नामक पुस्तक विमोचित भएको छ । भुँडीपुराण प्रकाशनले प्रकासित गरेको पुस्तक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेलले विमोचन गर्नुभयो । विमोचित पुस्तकको समालोचनात्मक टिप्पणी प्रा.डा. होमनाथ पौडेलले गर्नुभएको थियो ।

उहाँले ताराकान्त पाण्डेयलाई आलोचनात्मक समाजवादी यथार्थवादी समालोचनाको क्षेत्रमा चैतन्य र निनु चापागाईपछिको उत्कृष्ट स्थानमा राख्दै यही मूल्याङ्कन नै सही भएको पनि दावी गर्नुभयो । प्रस्तुत पुस्तक निकै गहकिलो सैद्धान्तिक खुराक दिने खालको रहेको भन्दै माक्र्सवादी साहित्यको क्षेत्रमा रुचि राख्ने सबैले पुस्तक पढ्नैपर्ने महत्वको रहेको पनि स्पष्ट पार्नुभयो । पुस्तकको सम्पादन प्रा.डा. जगदीशचन्द्र भण्डारी र मित्रलाल पंज्ञानीले गर्नुभएको छ ।

प्राध्यापक ताराकान्त पाण्डेयका १० वटा कृतिहरु प्रकाशित रहेका छन् । प्रस्तुत कृतिमा पाँच खण्ड र २५ वटा रचना समावेश गरिएका छन् । प्राध्यापक पौडेलले भन्नुभयो, “प्रा.ताराकान्त पाण्डेय सशक्त वैचारिक र व्यवहारिक माक्र्सवादी समालोचक हुनुहुन्छ ।