केशव राव‘वसवराज’ हत्याकाण्ड : फासिस्ट मोदी प्रशासनको विश्वव्यापी विरोध, १४ जेठमा राष्ट्रिय क्रान्तिकारी मोर्चाको माइतीघर मण्डलामा विरोध प्रदर्शन

केशव राव‘वसवराज’ हत्याकाण्ड : फासिस्ट मोदी प्रशासनको विश्वव्यापी विरोध, १४ जेठमा राष्ट्रिय क्रान्तिकारी मोर्चाको माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौं । फासीवासी मोदी प्रशासनले भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव केशव राव ‘वसवराज’को नृशंसतापूर्वक हत्या गरेपछि हत्याकाण्डको अहिले विश्वव्यापी विरोध भइरहेको छ । झुठो मुठभेडको नाममा मोदी प्रशासनले पक्राउ गरी मे २१ मा नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ताको हत्या गरेको थियो । भारतका सर्वहारा श्रमजीवी वर्ग, आदिवासी, किसान, महिला र दलित लगायत आम शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति वर्गयुद्ध लडिरहेका भारतीय माओवादीका नेता कार्यकर्ताहरुलाई नरेन्द्र मोदी नेतृत्वको फासिवादी विजेपी सरकारले हत्या गरेको हो । यो हत्याको भारत, नेपाल लगायत विश्वभर अहिले विरोध भइरहेको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले भोलि १४ गते माइतीघर मण्डलामा दुई बजे विरोध प्रदर्शनको आयोजना गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले एक प्रेस विज्ञप्ति निकालेर यसको सशक्त विरोध गर्नुभएको छ । मे २१ मा हत्या गरिएको घटनाको विरोध गर्दै वक्तव्यमा हत्याको घोर निन्दा एवम् भत्र्सना गरिएको छ । जेष्ठ ८ गते एक शोक वक्तव्य जारी गर्दै मोदी सरकारले कथित “अपरेशन कगार” नाम दिएर गरेको हत्याको विरोध गर्नुका साथै हत्याकाण्डमा शहादत प्राप्त सम्पूर्ण माओवादी योद्धाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा सर्वहारा अन्तर्राष्ट्रिवादी लालसलाम अर्पण गर्नु भएको छ । वक्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले “हाम्रो सरकार माओवादको खतरालाई निमूल पार्न प्रतिवद्ध छ” भनी सार्वजनिक गरेको अत्यन्त असिहष्णु तथा फासिवादी भनाईको घोर भत्र्सना समेत गरिएको छ र भाकपा (माओवादी)को केन्द्रीय समिति लगायत सम्पूर्ण पार्टी सदस्यहरु, जनमुक्ति छापामार सेना, भारतीय सर्वहारा वर्ग तथा आम क्रान्तिकारी जनता र शोकाकुल परवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “भारतीय कम्युनिस्ट पार्टी ९माओवादी०का महासचिव क। नम्बाला केशव राव ‘बसवराज’ सहित २७ जना कमरेडहरुको कथित ‘‘अपरेशन कगार’’ अन्तर्गत छत्तिसगढ र तेलङगाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५, तदनुसार २०८२ जेठ ७ गतेका दिन भारतीय सरकारद्वारा गरिएको कायरतापूर्ण हत्याले हाम्रो पार्टीलाई आक्रोशित तुल्याएको छ । हामी यस हत्याकाण्डमा सहादत प्राप्त गर्ने क. बसवराज लगायत सम्पूर्ण कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा सर्वहारा अन्तर्राष्ट्रियतावादी लालसलाम अर्पण गर्दछौं र मोदी सरकारको यो फासीवादी कदमको तीव्र निन्दा गर्दछौं । यस हत्याकाण्ड पश्चात् भारतीय प्रधानमन्त्री मोदीले “हाम्रो सरकार माओवादको खतरालाई निर्मूल पार्न प्रतिबद्ध छ” भनी सार्वजनिक गरेको अत्यन्त असहिष्णुु तथा फासिवादी भनाइको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । यो दुःखद क्षणमा हामी भाकपा (माओवादी) को केन्द्रीय समिति लगायत सम्पूर्ण पार्टी सदस्यहरु, जनमुक्ति छापामार सेना, भारतीय सर्वहारा वर्ग तथा आम क्रान्तिकारी जनता र शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौं । साथै, विश्व कम्युनिस्ट आन्दोलन तथा माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासको प्रक्रियालाई निरन्तर अगाडि बढाउने काममा हामी भाकपा ९माओवादी० सँग ऐक्यबद्धता जाहेर गर्दछौं ।”

नेपालका बौद्धिक समुदायको विरोध
यसैबिच, भाकपा (माओवादी)का महासचिव नम्बाला केशवराव (वासवराज) र उनका २७ जना सहकर्मीको सामूहिक हत्याविरुद्ध नेपालका ३५ प्रगतिशील बौद्धिक, मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले संयुक्त वक्तव्य जारी गरी कडा विरोध जनाएका छन् । वक्तव्यमा ’कथित मुठभेड’ को नाम दिँदै राजनीतिक नेतृत्वको योजनाबद्ध हत्या गरिएको उल्लेख गरिएको छ । उक्त घटनाले भारतीय संघीय राज्यको लोकतान्त्रिक चरित्र, आदिवासी जनताको अधिकार र राज्यसंयन्त्रको नियतमाथि गम्भीर प्रश्न उठाएको जनाइएको छ ।
शान्तिवार्ताको आह्वान गरिरहेका माओवादीहरूमाथि राज्यद्वारा हिंसात्मक आक्रमण गर्नु राज्य संयन्त्रको चरम दमनकारी रूप भएको पनि वक्तव्यमा उल्लेख छ। ’यो माओवादी आन्दोलनको अन्त्य होइन, बरु राज्य संयन्त्रको अनुचित चरित्र र वर्गीय पक्षधरतालाई उजागर गर्ने घटना हो,’ वक्तव्यमा भनिएको छ।
संयुक्त वक्तव्यले वासवराजको मृत्युको स्वतन्त्र न्यायिक छानबिन भारतको सर्वोच्च अदालतको निगरानीमा गरिनु पर्ने, शान्तिवार्ताको प्रस्तावलाई सम्मानपूर्वक सम्बोधन गर्दै लोकतान्त्रिक संवादको बाटो अपनाइनु पर्ने र मानवअधिकारकर्मी र स्वतन्त्र पत्रकारलाई माओवादी प्रभाव क्षेत्रहरूमा अनुसन्धान र अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्न दिइनुपर्ने मागहरू उठाइएको छ ।
यस घटनाले भारत सरकारको फासीवादी प्रवृत्तिलाई थप प्रकट गरेको वक्तव्यदाताहरूले जनाएका छन् । उनीहरूले भारतमा भइरहेको आदिवासीमाथिको दमन, जल–जंगल–जमिनमाथिको अधिकारको हनन, र सशस्त्र संघर्षको नाममा हुने निर्दोषको हत्याको भत्र्सना गरेका छन् ।
भारतको नागरिक समाज, पत्रकार, मानवअधिकारवादी र बुद्धिजीवीहरूसँग समेत शान्तिवार्ताको पक्षमा आवाज उठाउन आह्वान गरिएको उक्त वक्तव्यमा डा. महेश मास्के, खगेन्द्र सङ्गौला, डा. शरद वन्त, युग पाठक, दिनेश सापकोटा, नरेन्द्रजंग पिटरलगायत ३५ प्रगतिशील व्यक्तित्वहरुले हस्ताक्षर गरेका छन् ।

भारतका कम्युनिस्ट पार्टीहरुको विरोध
त्यसैगरी, भाकपा एमएल रेडस्टारले पनि एक वक्तव्य निकालेर “फासीवादी डबल इन्जिन“ शासनले तथाकथित अपरेशन कागर अन्तर्गत माओवादी कार्यकर्ता र आदिवासीहरूको गैर–न्यायिक सामूहिक हत्यामा संलग्न रहेको आरोप लगाएको छ । हालै जारी गरेको वक्तव्यमा भनेको छ, “सीपीआई (माओवादी) ले शान्ति वार्ता गर्ने एकतर्फी इच्छा राज्यलाई जानकारी गराएपछि पनि । आज नारायणपुर–बिजापुरमा सीपीआई (माओवादी) र माओवादी कार्यकर्ताका महासचिव कमरेड केशव रावको हत्या यसैको निरन्तरता हो। यसले अमानवीय फासीवादी शासनको रक्तपिपासु मानसिकतालाई पूर्ण रूपमा प्रकट गर्दछ, जुन अत्यन्तै निन्दनीय छ। आदिवासीहरूको जीविकोपार्जन र जीविकोपार्जन नष्ट गर्ने वनको कर्पोरेट लुटपाट सहित सम्पूर्ण मुद्दालाई सम्बोधन गर्नुको सट्टा, जारी गैर–न्यायिक हत्याहरूले फासीवादी शासनको कर्पोरेटहरूप्रतिको प्रतिबद्धता देखाउँछन् ।”

भाकपा (एमएल)ले पनि एक वक्तव्य निकालेर हत्याको घोर निन्दा गरेको छ । वक्तव्यमा भनिएको छ, “नारायणपुर–बिजापुरमा भाकपा (माओवादी) का महासचिव कमरेड केशव राव र अन्य माओवादी कार्यकर्ता र आदिवासीहरूको निर्दयी गैरन्यायिक हत्याको कडा शब्दमा निन्दा गर्दछ ।

केन्द्रीय गृहमन्त्री अमित शाहको उत्सवपूर्ण पोस्टबाट, यो स्पष्ट छ कि राज्यले अपरेशन कागरलाई गैरन्यायिक संहार अभियानको रूपमा नेतृत्व गरिरहेको छ र नागरिकहरूको हत्याको श्रेय लिइरहेको छ र माओवादसँग लड्ने नाममा कर्पोरेट लुटपाट र सैन्यीकरण विरुद्ध आदिवासी विरोध प्रदर्शनलाई दबाउन खोजिरहेको छ ।

हामी सबै न्यायप्रेमी भारतीयहरूलाई नरसंहारको न्यायिक अनुसन्धानमा जोड दिन र सैन्य अपरेशनको तत्काल अन्त्यको माग गर्न अपील गर्दछौं, विशेष गरी जब माओवादीहरूले एकतर्फी युद्धविराम घोषणा गरेका छन् ।”