विकल्प जनगणतन्त्रका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको पहलकदमी : अग्रगामी र क्रान्तिकारी समूहसँग छलफलका लागि बनायो संवाद समिति

विकल्प जनगणतन्त्रका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको पहलकदमी : अग्रगामी र क्रान्तिकारी समूहसँग छलफलका लागि बनायो संवाद समिति

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटव्यूरोको दोस्रोे पूर्ण बैठक ०८२ जेठ ६ देखि ८ गते सम्म पार्टीका कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा बसेको छ । बैठकले कार्यवाहक महासचिव गौरवले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । बैठकले गत ०८१ चैत्र ४ गतेदेखि ०८२ वैशाख १८ गतेसम्म सञ्चालित जनसम्बन्ध विस्तार अभियानको विस्तृत समीक्षा गरेको छ । जनगणतन्त्रलाई विद्यमान संकटको विकल्पका रुपमा सहकार्यका निमित्त वातावरण बनाउन देशमा छरिएर रहेका विभिन्न क्रान्तिकारी समूह, व्यक्तित्वहरु सित भेटघाट, छलफल गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ । भ्रष्टाचारका विरुद्ध अभियान सन्चालन गर्ने बैठकले निर्णय गरेको छ । बैठक पछि पार्टीका कार्यवाहक महासचिव गौरवले २०८२ जेष्ठ १३ गते जारी वक्तव्य यस प्रकार छ –

“ १- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटव्यूरोको दोस्रो पूर्ण बैठक मिति ०८२ जेठ ६ देखि ८ गते सम्म पार्टीका कार्यवाहक महासचिव क। गौरवको अध्यक्षतामा बस्यो । जनसंघर्ष, जनयुद्ध तथा जनआन्दोलनको दौरानमा जीवन उत्सर्ग गर्ने महान् वीर सहिदहरुको स्मरणमा एक मिनेट मौनधारण गरी बैठकलाई अगाडि बढाइयो ।

२- बैठकमा कार्यवाहक महासचिव क। गौरवले राजनीतिक प्रतिवेदन पेस गर्नु भयो र उक्त प्रतिवेदनमाथि दुई दिनसम्म छलफल चलाइयो । बैठकको तेस्रो दिन भाकपा ९माओवादी०का महासचिव क। नम्वाला केशवराव ९वसवराजु० सहित अन्य २६ जना क्रान्तिकारी कार्यकर्ताहरुलाई घेरा हालेर मई २१ का दिन फासिष्ट मोदी सरकारले गरेको क्रुरतापूर्ण सामूहिक हत्याको विरोध गर्दै उहाँहरुप्रति शोक प्रस्ताव पारित गरियो । उहाँहरुको स्मरणमा एक मिनेट मौनधारण गरी बैठकलाई अगाडि बढाइयो । छलफलमा प्राप्त सुझावहरु समावेश गर्नेगरी उक्त प्रतिवेदन सर्वसम्मत रुपले पारित गरियो ।
३-  प्रतिवेदनमा उल्लेखित केही महत्वपूर्ण विषयहरु निम्नअनुसार रहेका छन् ।
यस बैठकमा गत ०८१ चैत्र ४ गतेदेखि ०८२ वैशाख १८ गतेसम्म सञ्चालित जनसम्बन्ध विस्तार अभियानको विस्तृत समीक्षा गरियो । बैठकमा यो अभियान शानदार रुपमा सफल रहेको र संगठन विस्तारका लागि राम्रो आधार तयार भएको निष्कर्ष निकालियो ।
वैठकले प्रचण्ड नेतृत्व सरकारको निरन्तरतामा हाल ओली नेतृत्वको सरकारले सरकारी स्वामित्वका उद्योगहरु, खास गरेर हेटौंडा र उदयपुर सिमेन्ट उद्योग, भृकुटी कागज कारखाना, बुटवल धागो कारखाना, गोरखकाली रवर उद्योग, विराटनगरको जुटमिल, हेटौंडा कपडा उद्योग, नेपाल मेटल उद्योग तथा नेपाल औषधि लिमिटेडलाई निजीकरण गर्ने निर्णय गरेको, शिक्षकका आन्दोलनमाथि धोका दिंदै माग पूरा नगरेको, विद्युत प्राधिकरणलाई पनि टाट पल्टाएर निजीकरणका लागि आधार तयार पार्ने योजना मुताविक कुलमान घिसिङलाई महानिर्देशकबाट पदच्यूत गरेको, देशमा भ्रष्टाचारको एक पछि अर्को किर्तिमान कायम गर्दै देशलाई असफल राष्ट्र बनाउने तर्फ धकेलेको, महंगी, भ्रष्टाचार, घुसखोरी, अनियमितता र कुशासनलाई प्रोत्साहित गरेको, असंलग्न तथा पंचशीलको सिद्धान्त विपरीत इजरायल–प्यालेस्टाइन, रुस–युक्रेन (अन्तर्यमा नेटो) र हालै भारत–पाकिस्तान युद्धको सन्दर्भमा क्रमशः इजरायल, युक्रेन र भारतको खुला रुपले समर्थन गरेर मित्र राष्ट्रहरुलाई चिढाउने काम गरेको निष्कर्ष निकाल्यो । बैठकले सरकारका यी गलत कामहरुको विरोध गर्ने र मुख्यतः भ्रष्टाचार आजको प्रमुख समस्या भएर आएको हुँदा त्यसका विरुद्ध अभियान संचालन गर्ने निर्णय गरेको छ ।

देशमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सहितका पार्टीहरुले प्रतिनिधित्व गर्ने अग्रगामी धार, संसदवादी पार्टीहरुको यथास्थितिवादी धार र राजतन्त्र तथा हिन्दुुराज्यका पक्षधरहरुको पश्चगामी धारका बीच विचारधारात्मक तथा राजनीतिक टक्कर चल्दै आएको सन्दर्भमा यतिबेला भारतीय हिन्दुवादीहरुको उक्साहट सहितका कारण पश्चगामी धार क्रियाशील हुँदै आएको छ । यथास्थितिवादीहरुको राष्ट्रघाती तथा जनविरोधी गतिविधि र कुशासने प्रतिगमनका लागि मलजल गरिरहेको स्थितिमा बैठकले यथास्थितिवादीहरुको भण्डाफोर गर्ने र प्रतिगमनका विरुद्ध व्यापक जनमत निर्माण गरी त्यसलाई निस्तेज गर्ने नीति अबलम्बन गरेको छ । बैठकले जनताको जनवादी अधिनायकत्व सहितको संघीय जनगणतन्त्रलाई विद्यमान संकटको विकल्पका रुपमा अगाडि सारेको छ ।

सहकार्यका निमित्त वातावरण बनाउन देशमा छरिएर रहेका विभिन्न क्रान्तिकारी समूह, व्यक्तित्वहरु सित भेटघाट, छलफल गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ । ”