नेवा राष्ट्रिय मुक्तिमाेर्चाकाे २८ आै स्थापना दिवस भव्य रुपमा सम्पन्न (फाेटाे फिचर)

नेवा राष्ट्रिय मुक्तिमाेर्चाकाे २८ आै स्थापना दिवस भव्य रुपमा सम्पन्न (फाेटाे फिचर)

काठमाडाै । नेवा: राष्ट्रिय मक्ति माेर्चाले २८ आै स्थापना दिवस भव्य रुपमा मनाएकाे छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा वक्ताहरुले नेपालकाे क्रान्तिकारी कम्युनिस्ट आन्दाेलन खासगरी जनयुद्ध र उत्पीडित जातीय मुक्ति आनदाेलनकाे क्षेत्रमा माेर्चाले पुर्याएकाे याेगदानकाे विषयमा विशेष चर्चा गर्नुभएकाे थियाे ।

 

माेर्चाका अध्यक्ष पवनमान श्रेष्ठकाे अध्यक्षता, महासचिव शिव श्रेष्ठकाे सञ्चालन र नेता सुरेश श्रेष्ठकाे स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सिपी गजुरेल लगायत महेशमान श्रेष्ठ पवित्र बज्राचार्य, जगदीशचन्द्र भण्डारी र सीताराम तामाङले मन्तव्य राख्नु भएकाे थियाे ।

 

कार्यक्रममा महेशमान श्रेष्ठलाई सम्मान पत्र र दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे ।