१. ईश्वर जी ,तपाईको राजनीतिक यात्रा कसरी सुरु भएको थियो ?
– अत्यधिक बहुमत प्राप्त गरेर निर्वाचित भएको विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारलाई विस्थापित गरेर राजा महेन्द्रद्वारा अगाडि सारिएको निरंकुश पन्चायती व्यवस्थाको उत्तरार्धतिर प्रजातान्त्रिक व्यवस्थाको जन अपेक्षा चुलिएको बेला बन्द कोठा भित्र उन्मुक्तिका आकांक्षा व्यक्त हुदै गरेको समयमा म वयस्क हुँदै थिएँ । त्यही २०४५ को सेरोफेरोमा विकसित हुँदै गरेको राजनीतिक परिवर्तनको पूर्व सन्ध्यामा म बाम राजनीतिको सम्पर्कमा जोडिन पुगेँ । २०४६ सालको निरंकुशता विरोधी आन्दोलनमा परिवर्तनकारी शक्तिहरुको उत्साही गर्जनले ममा पनि हौसला थपिदै गयो । आन्दोलनले आंशिक सफलता प्राप्त गरेपछि कम्युनिस्ट बन्ने आधारभूमि त्यही अवधिमा बन्दै गयो र म तत्कालीन मालेको सांगठनिक सम्बन्धमा जोडिन पुगेँ ।
२. तपाई एमालेमा काम गरेको व्यक्ति किन नेकपा ९ एकताकेन्द्र ० हुँदै माओवादी राजनीतिमा आबद्ध हुनु भयो ?
–वर्ग शत्रु खतम गर्ने,चिनियाँ चरित्रको जनवादी क्रान्ति मार्फत स्वाधीन,समृद्ध र स्वतन्त्र नेपाल निर्माण गर्ने बहस झापा आन्दोलन मार्फत व्यक्त भएको थियो । कोअर्डिनेशन केन्द्रले उठाएको क्रान्तिको झण्डा अर्थात झापाली आन्दोलनको प्रभाव देशव्यापी फैलिएको थियो । शुरुमा मेरो सम्पर्क पनि त्यही पार्टीसँग हुनु एउटा संयोग पनि भयो । तर जब संगठन भित्र बसेर विषय वस्तु नजिकबाट हेर्न थालियो त्यो शक्ति क्रान्ति र परिवर्तनको चालक होइन बरु सीमित राजनीतिक सुधारको कार्यक्रमबाट अगाडि बढ्ने बाटो बन्द गरिसकेको रहेछ । बहुदलीय जनवादी कार्यक्रम वास्तवमा नयाँ जनवादी क्रान्तिको लहर रोक्नको लागि ल्याइएको संसोधनवादी कार्यक्रम रहेछ । त्यो बुझ्दै गएपछि म नयाँ जनवादी क्रान्तिको नेतृत्वदायी पार्टीको खोजी गर्ने क्रममा २०४९ तिर तत्कालीन संयुक्त जनमोर्चा नेपाल हुँदै नेकपा ९एकता केन्द्र० नजिक हुन पुगेँ । पछि एकता केन्द्रको विभाजन हुन पुग्यो । ग्रामीण इलाकाहरुमा चलिरहेका प्रतिरोधात्मक कार्वाही,देशव्यापी जागरण अभियान,शहरी संघर्षहरुमा निरन्तर सक्रियता, दीर्घकालीन जनयुद्ध प्रतिको नेतृत्वको दृढता र क्रान्ति उत्साही पार्टी पंक्ति प्रति भरोसा भएकोले एकताकेन्द्र विभाजन भए पनि पार्टीको मूल नीति र नेतृत्व ने। क। पा।९माओवादी०वरिपरि बसेर काम गरियो । यद्यपि म पार्टीको सदस्य चाहिँ बनेको थिइन ।
३. दश वर्षको जनयुद्ध कालमा तपाईको सांगठनिक जिम्मेवारी र भूमिका के थियो ?
–जनयुद्धको शुरुवाती समयमा केही समय भूमिगत रुपमा पार्टी सम्पर्क र प्रचारात्मक काममा रहें । २०५३ सालमा पार्टीको सदस्य र समर्थक समुहको सचिव हुँदै पार्टी समितिमा रहेर भूमिगत काम गर्दै गएँ । म मजदुरी गर्ने भएकोले ०५४–०५५ तिर मजदुर संगठनको संघीय पार्षद हुँदै छोटो समय अखिल नेपाल ट्रेड युनियन महासंघको पदेन सदस्य भएँ । २०५५ मा पूर्णकालीन र २०५६ मा काठमाण्डौ जिल्ला पार्टीको क्षेत्रीय९एरिया० सचिव भएर काम गर्ने अवधिमा मैले मजदुर संगठनको भूमिका छोडेर पार्टी संगठनको काममा लागेँ । २०५७ देखि जिल्ला पार्टीको सदस्यको रुपमा विभिन्न जिल्लाहरुमा काम गरेँ । पार्टीले चलाएका विभिन्न अभियान र स्थानान्तरणका अवधिमा राजधानीसँग जोडिएका सबै जिल्लाहरुमा पुगेर भूमिका खेल्ने अवसर प्राप्त भएँ ।
४. तपाईंले लामो समय मजदुर संगठनमा काम गर्नु भयो। नेपालमा मजदुरका समस्याहरू के के छन् ?
–नेपाली मजदुरहरुका समस्यामध्ये पेशागत दृष्टिले रोजगारिको स्थायित्वको छैन । तलबमान न्यून छ । सामाजिक सुरक्षाको अभाव छ । असमान ज्यालादर कायम छ । ठेकेदारी,करार, अस्थायी र ज्यालादारी प्रथा वा प्रणालीअनुसारको श्रम सम्बन्ध कायम गरिएको छ । महिला मजदुरमाथिको लैङ्गिक उत्पीडन छ । हायर एण्ड फायर र नो वर्क नो पे जस्ता उदारवादी अवधारणालाई अगाडि बढाइएको छ । श्रम प्रतिको सम्मान र सामाजिक मर्यादाबाट श्रमिकहरुलाई बन्चित गराइएको छ । प्रतिगामी ट्रेड युनियन ऐन मार्फत संगठन खोल्न र मागहरु राख्ने तथा हडतालको अधिकार समाप्त पारिदै छ।श्रम ऐन र सामाजिक सुरक्षा ऐनद्वारा निर्धारित न्यूनतम अधिकार समेत कार्यान्वयन गरिंदैन ।
५. मजदुरहरूका समस्या समाधानका उपायहरू के हुन सक्दछन् ?
मजदुरहरुलाइ रोजगारीको सुनिश्चितता गरिनु पर्छ र करार, ज्यालादारी र ठेकेदारी प्रणाली होइन स्थायी र प्रत्यक्ष बनाउनु पर्छ । श्रम बजारको विस्तार गर्दै वैज्ञानिक तलबमान कायम गर्नु पर्छ । आस्थाका आधारमा संगठित हुने नैसर्गिक अधिकार स्थापित गरिनु पर्छ । विद्यमान श्रम ऐन,ट्रेड युनियन ऐन खारेज गरी मजदुर आन्दोलनमा कृयाशील संघ संगठनहरुको सहभागितामा नयाँ श्रम नीति र कानुनहरु निर्माण गरिनुपर्छ । उदारीकरणका नाममा बनेका सबै प्रकारका श्रमिक विरोधी नीति, निर्णयको विकल्पमा समाजवादी अवधारणा उन्मुख नीति निर्णय अगाडि बढाउन पर्छ । तर त्यो काम गर्न मजदुरहरुको संगठित तागत चाहिन्छ । स्थानीय स–साना संगठन र स–साना संघर्षहरुको अभ्यास गर्दै राष्ट्रिय स्तरमा संयोजित आन्दोलनको बलमा पुँजीपति÷उद्योगपति वर्गलाई मजदुर वर्गका माग स्वीकार गर्ने परिस्थितिमा ल्याउन पर्छ । जनवादी,वामपन्थी एवं क्रान्तिकारी शक्तिहरुलाई समेत मजदुर आन्दोलनको प्रश्नमा सकारात्मक योगदान गर्ने वातावरण बनाउन पर्छ ।
६. कुनै बेला मजदुरहरू माथि अत्यधिक शोषण थियो । अहिले मजदुरहरूलाई न्यूनतम ज्याला निर्धारण काममा समयको निर्धारण, बोनस, भत्ताको व्यवस्था, मजदुरहरूको पनि लगानीमा शेअर जस्ता व्यवस्था गरिसकिएको छ । यस्तो अबस्थामा अब मजदुर आन्दोलनमा उठ्ने वाला छैन र मजदुरको नेतृत्वमा क्रान्ति हुने वाला पनि छैन भनेको सुनिन्छ । यसबारे तपाईको धारणा के छ ?
दास युगमा मानिसलाइ सिक्रीले बाँधेर पशुतुल्य किनबेच हुन्थ्यो तर पुँजिवादी युगमा कारखानामा काम लगाएर श्रम शक्तिको किनबेच हुन थाल्यो । दास युगको तुलनामा पुँजिवादी शोषणको स्वरुप त बदलिएको थियो । के त्यसले शोषण र मजदुर आन्दोलनलाई रोक्न सक्यो रु सकेन । बरु मजदुरहरुलाई आफुमाथि भएका शोषणको स्वरुपलाई नयाँ परिस्थितिमा बुझ्न र लड्न नयाँ ज्ञानको नयाँ उपायको खोजी गर्ने परिस्थितिमा पु¥यायो । आज पुँजिवादी उत्पादन प्रणालीले बिकेन्द्रीकरण र कम्प्युटर प्रणाली मार्फत फरक ढाँचामा आफुलाई विकास गरेको छ तर वितरण र नाफाको केन्द्रीकरण मार्फत मुठ्ठीभर मानिसहरूले अभूतपूर्व लाभ लिइरहेका छन् तर मजदुरहरुको विशाल हिस्सालाई संकटतिर धकेलिरहेका छन् । आठ घण्टा कामको नियमले मजदुर माथिको शोषणलाई घटाएको छैन बरु शोषणको शैलीमा परिवर्तन गरेको छ । मजदुरहरुको पुर्णस्फुर्तिको श्रम समयबाट लाभ लिएर पुँजिपति वर्ग झन् झन् मोटाउँदै गएको देख्न सकिन्छ । जुन काम १८ घण्टामा गराइन्थ्यो त्यो काम आठ घण्टामा गराउन आजको प्रविधि र तरिका समेत प्रयोग गरेको छ । बोनस ,भत्ता जस्ता बिषयहरु भिन्न शिर्षकहरुमा विभाजन गरिएको तलब वा ज्यालाकै हिस्सा हुन् । त्यसले मजदुरहरुको जीवनमा कुनै परिवर्तन आएकै छैन । नव उदारवादले समाजवादी आन्दोलन रोक्न गरेका प्रचारबाजीले मजदुर वर्गको मुक्ति र परिवर्तनको वस्तुगत आकांक्षालाई रोक्न सक्दैन बरु नयाँ ज्ञान र चेतना सहित विचारको विकास गर्दै मजदुर आन्दोलन अगाडि बढ्छ ।
७. नेपाली मजदुर आन्दोलनको संक्षिप्त ईतिहास भन्नु पर्दा ?
–२००३ फाल्गुन २१ गते आठ घण्टा कार्य दिन,संगठन निर्माणको अधिकार र रु ३५ तलव वृद्धिको माग राखेर गरिएको हड्ताल नेपाली मजदुरहरुको पहिलो आन्दोलन हो । २००७ साल आश्विन ११ गते बलबहादुर राई अध्यक्ष एवं नरबहादुर कर्माचार्य महासचिव समेत ११ सदस्य रहेको अखिल नेपाल ट्रेड युनियन कंग्रेस बनेको थियो । तर दिल्ली सम्झौता पक्षधरहरुलाई निष्कासन गरी नैनलाल बोहोराको नेतृत्वमा २००८ सालमा अखिल नेपाल ट्रेड युनियन कंग्रेस बनेको हो । विभिन्न आरोह अवरोह हुँदै २०४५ तिर ईश्वर दाहाल अध्यक्ष र दिनेश शर्मा महासचिव रहेर बनेको अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी मजदुर आन्दोलनको महत्पूर्ण जग हो भन्न सकिन्छ । मजदुर आन्दोलनमा राजनीतिक आन्दोलनको महत्वपूर्ण हिस्सा भएकोले खासमा राजनीतिक पार्टीको एकता र फुटले प्रभाव परेको हुन्छ । प्रजातान्त्रिक भनिएका र कम्युनिस्ट आन्दोलनमा जस्तै मजदुर आन्दोलनमा पनि साना ठूला मजदुर संगठनहरु क्रियाशील नै छन् । अहिले हामीले हेर्दा विभिन्न धाराहरुबाट एकीकरण र ध्रुवीकरण हुँदै बनेको क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल मजदुर आन्दोलनको क्रान्तिकारी धारा हो ।
८. नेपाली मजदुर आन्दोलनका वैचारिक धाराहरू के के हुन् ?
–नेपाली मजदुर आन्दोलनमा मुलतः दुई धारा रहेका छन् भन्न सकिन्छ । पहिलो क्रान्तिकारी एवं नयाँ जनवादी– समाजवादी धारा । दोश्रो संसदीय यथास्थितिवादी धारा जोे अर्थवाद,ट्रेड युनियनवाद एवं राष्ट्रिय तथा वर्गीय आत्मसमर्पणवादी धारा हो । पहिलोले मजदुरहरुका पेशागत अधिकारका निम्ति संघर्ष गर्दै वर्तमान लोकतान्त्रिक गणतन्त्रको विकल्पमा मजदुरहरुको समेत राजनीतिक प्रतिनिधित्व भएको जनगणतन्त्रको स्थापना मार्फत समाजवादी राज्य व्यवस्था स्थापनाको निम्ति अगाडि बढ्ने कार्यक्रम लिएको छ भने दोश्रोले मजदुरहरुको भोट समेत उपयोग गरेर संसदीय व्यवस्था कायम गर्न चाहन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुदान र सहयोगमा सन्चालित विभिन्न परियोजना मार्फत प्राप्त आर्थिक श्रोत परिचालन गरेर मजदुर आन्दोलनलाई पुँजिपति वर्गको हितमा लगाउनु उनीहरुको कार्यक्रमको अन्तर्य रहेको छ ।
९. तपाईं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियानमा राम सिंह श्रीसजीले नेतृत्व गरेको टोलीमा हिड्नु भयो रु त्यस अभियानलाई समीक्षा गर्नु पर्दा के भन्नु हुन्छ ?
–हाम्रो अभियान टोली पाँचथर जिल्लाको पुर्वोत्तर सीमा नाका चियो भञ्ज्याङ् जुन मध्य पहाडी लोकमार्गको शून्य विन्दुबाट सुरु हुन्छ त्यहीँबाट चैत्र ४ गते सुरु भएर विभिन्न १३ जिल्लामा विविध कार्यक्रम सम्पन्न गर्दै बैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन काठमाण्डौमा समापन भयो । कमरेड रामसिंह श्रीसको नेतृत्वमा हाम्रो केन्द्रीय टोली र स्थानीय व्यूरो एवं जिल्लामा रहेका समितिहरुको व्यवस्थापनमा हामीले पार्टीका राजनीतिक कार्यक्रमबारे जनसमुदायलाई सभा,भित्ते लेखन,पर्चा,¥याली,सुचना सन्जाल जस्ता माध्यमबाट सम्पर्क सम्बन्ध स्थापित गर्दै जनसमुदायका टिप्पणी र सुझाव लिने एवं अन्तर्कृया मार्फत विचार आदानप्रदान गर्ने कामहरु भए । हजारौं जनसमुदायसँग नजिकबाट जोडिदै जनसमुदायका समस्या बुझ्न मद्दत पुगेको छ । पार्टीको आन्तरिक जीवनलाई गति दिन,हाम्रा सीमा, कमजोरीहरु बुझेर शिक्षा लिन, राजनीतिक अध्ययन मार्फत पार्टीलाई समृद्ध बनाउन,जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी क्रान्तिका निम्ति अगाडि बढ्न आत्मगत र वस्तुगत स्थितिका बारेमा अध्ययन गर्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो । अभियानले हाम्रो पार्टीको स्थिति मुल्यांकन गर्न मात्रै होइन विभिन्न पार्टीहरुमा रहेका परिवर्तनकारी प्रवृत्तिलाई समेत बुझ्न मद्धत पुगेको छ । पारस्परिक सहयोग र क्रान्तिका निम्ति एकाकार भएर अगाडि बढ्न सकिन्छ भन्ने अनुभूति भएको छ ।
१०. जन सम्बन्ध विस्तार अभियानबाट के पाठ सिक्नु पर्दछ जस्तो लाग्छ ?
–जनतासँग सम्बन्ध बलियो बनाएर मात्रै क्रान्तिकारी पार्टीले आफ्ना कार्यभार पूरा गर्न सक्छ । हाम्रो पार्टी जनसमुदायको विशाल तप्कामा पुग्न सकिरहेको छैन । जनसमुदायले विकल्प खोजिरहेको बेला हामीले पार्टी कार्यक्रमबारे सुचित गर्न सक्ने पार्टी संरचना निर्माण समेत गर्न सकिरहेका छैनौं । पार्टीको वास्तविक धरातल अनुसारको योजना र लक्ष्य बनाउनुपर्छ पर्छ । मनोगत र काल्पनिक योजना होइन वस्तुगत र यथार्थतामा आधारित योजना बनाउनु पर्छ । नेतृत्व निर्माण गर्दा योग्यता, क्षमताका आधारमा जिम्मेवारी प्रदान गर्नु पर्दछ । मुख्यतः जनतासँगको नङ–मासुको सम्बन्ध भएको पार्टी निर्माण गर्न धेरै मेहनत गर्नु पर्दछ । जनताका जीवनसँग जोडिएका मुद्दाहरूको उठान गर्दै विचार,सिद्धान्त र राजनीतिक स्तरमा जनसम्बन्ध विकास गर्ने हाम्रा नीतिहरु अगाडि बढाउन पर्छ ।
११. ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्ने ,काङ्ग्रेस सरकारमै नबस्ने वा ओलीले देउवालाई नै सत्ता नछोड्ने, माओवादी सरकारमा जाने वा नजाने यस्ता अनेकौं हल्ला छन् । अबको देशको राजनीति कसरी अगाडि बढ्ने देख्नु हुन्छ ?
–शासन सत्ताका समीकरणहरु बदलिईरहन्छन् । रा प्र पा जस्तो प्रतिगामी पार्टीलाई छाडेर एमाले,कांग्रेस र माओवादी केन्द्र लगायत संसदीय पार्टीका कार्यक्रममा आधारभूत अन्तर देखिदैन । विभिन्न नियुक्ति र पदीय भागबन्डामा स्वार्थ बाझिँदा पनि समीकरणमा फेरबदल हुने र नयाँ समीकरण बन्ने भईरहेका छन् । एमाले र कांग्रेस बीचमा भईरहेका लेनदेनमा कांग्रेसले अपेक्षा गरे अनुरुपको काम नहुने स्थितिमा कांग्रेस र माओवादी केन्द्रको नयाँ सत्ता समीकरण नहोला भन्न सकिन्न । एमाले भित्र चलिरहेको आन्तरिक विवादले समेत त्यो दिशातिर राजनीति अगाडि बढ्न सक्ने देखिन्छ । २०४६ सालपछि बनेका सरकारहरुको औसत आयु पन्ध्र महिना नै हो । सरकार बदलिन सक्छ तर यसले जनताको परिवर्तनको अपेक्षालाई सम्बोधन गर्न सक्ने छैन बरु झन् जन असन्तोष र आक्रोसको निसानामा संसदवादीहरु घेरिने छन् । प्रतिगामी एवं राजावादी तत्वहरुले शिर उठाउने कोशिश गर्नेछन् । त्यस्तो बेला हामीले क्रान्तिकारी विकल्पको रुपमा जनगणतन्त्रको योजना अगाडि सार्नु पर्दछ ।